दुईसमुह बीच झडप हुदा एकको मृत्यु
August 26 2010
नेपालगंज,११ भदौ । बाँकेको सितापुरमा दुईसमुह बीच झडप हुदा एक जनाको ज्यान गएको छ । गएराती सितापुर ६ मा तीजको मेला हेर्न गएका राधापुर गाँउ बिकास समीती ९ का २१ बर्षिय मनु गीरीलाई सितापुरका हिरा तामाङले चक्कु प्रहार गर्दा गीरीको ज्यान गएको हो । आपसी बीबादका कारण दुई समूह बीच भएको झडपमा गम्भीर घाइते भएका गीरीको उपचारका क्रममा बिहान ३ बजे नसर्िङ होम नेपालगंजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । मृतक गीरीको शव अहिले नशिङ् होमको फ्रजमा राखिएको छ भने परिवारलाई खबर भैसके पनि आफन्त कोही आइ नपुगेको प्रहरीको भनाई छ । घटनामा संलग्न ३० बर्षिय तामाङको खोजीकार्य भैरहेको इलाका प्रहरी चौकी धनौलीले जनाएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस