महाकालीको जोखिम टरेन
August 28 2010
कन्चनपुर १२ भदौ । पानी पर्ने क्रम फेरि सुरु भएपछि कन्चनपुरको भुजेला गाउँमा क्षतिको जोखिम अझै नटरेको स्थानीय प्रशासनले जनाएको छ ।
पानी पर्न केही दिन रोकिए पनि फेरि बर्षा सुरु भएपछि महाकाली नदीमा आएको बाढी बस्तीमा पस्ने खतराले स्थानीयबासी त्रसित बनेका छन् । बाढीले एक सय २५ मिटर तटबन्ध बगाएपछि बाढि पस्ने डरले भुजेला गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । महाकालीमा पानीको बहाव बढेपछि भुजेला गाउँस्थित तटबन्ध मर्मतकार्य प्रभावित भएको छ ।
कन्चनपुरकै शंकरपुर गाविस- ७ डुङ्गामा दोदा नदीको बाढी धार परिवर्तन गरी गाउँ पसेपछि २७ घरपरिवार विस्थापित भएका छन् । उनीहरु नजिकैको सामुदायीक बनमा त्रिपाल टाँगेर बसेको कन्चनपुरबाट मिर्मिरे सहकर्मि केशवराज जोशीले जानकारी दिनुभयो । विस्थापितहरुलाई खान र बस्न समस्या भएको छ ।
प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्काले विस्थापितहरुलाई राहत वितरण बाहेक तत्काल केही गर्न नसकिएको जानकारी दिनुभयो । लगातारको बर्षाले नदी नियन्त्रणका लागि बनाईएका स्परहरु बगाएपछि दोदा नदीले झण्डै ८० विगाहभन्दा बढी सर्वसाधारणको खोतीयोग्य जमीन कटान गरेको छ । दोदा नदी नियन्त्रण गर्न सरकारले यसअघि नै ५ करोड दिने निर्णय गरिसके पनि अहिलेसम्म रकमका लागि कुनै पहल भएको छैन ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस