दाङ, १२ भदौ । भुमिगत राष्ट्रिय सममुक्ति पार्टि नेपालका केन्द्रिय सैन्य कमान्डर सहित तिन जना शनिबार दाङमा पक्राउ परेका छन । दाङको घोराही स्थीत सागर होटेल बाट प्रहरीले उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सममुक्ति सेना नेपालका सैन्य कमान्डर धादिङ बेनिघाटका अशोक नाम बताउने रबिन रेग्मी पार्टिका कार्यकर्ता रुकुमका खिम बहादुर सुनार र बाँके शमशेरगन्जका राकेश सुनार रहेका छन । उनिहरु सगै रहेका गोर्खाका रमेश मग्राति र दाङ तुलसीपुरका कमल न्यौपाने भागेको प्रहरीले बताएको छ ।
प्रहरीले उनिहरुका साथबाट ३ सय ठेली चन्दा सहयोग रसिद , पार्टिको दइ ठेली लेटप्याड , पर्चा पम्प्लेट परिचय पत्रहरु , एक थान खुकरी एक थान ल्यापटप कम्युटर र ६ ओटा झोला बरामद गरेको छ । उनिहरुको गिरोह ठलो रहेकाले घटनाका बारेमा थप अनुसन्धान भैरहेको घोराही नगर प्रहरी इन्चार्ज प्रहरी नायब निरिक्षक प्रेम बहादुर बोहोराले जानकारी दिनु भयो ।