काग्रेसमा उमेदवारी घोषणा गर्नेको लर्को
August 29 2010
काठमाडौ १३ भदौ । नेपाली कागे्रसको आसन्न महाधिवेशनमा मधेशी कोटाको सदस्यका लागी रामकृष्ण यादवले उमेदवारी घोषणा गर्नुभएको छ । संविधानसभा सदस्य समेत रहेका यादवले आज राजधानीमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गर्नुभएको हो । उहाँले पार्टीलाइ लोकतान्त्रिक र संस्थागत गर्न आफूले उमेदवारी दिएको बताउनुभयो । व्यवस्थापिका संसदको सार्वजानिक लेखा समितिका सभापति समेत रहेका यादव यसअघि धनुषा कागे्रसको सभापति हुनुहन्थ्यो । २०२९ सालमा नेविसंघवाट राजनीति सुरु गरेका यादव कागे्रसका इमान्दार कार्यकर्ताका रुपमा परिचित छन् ।
यसैबीच कामचलाउ सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरीलेपनि पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने भन्दै केन्द्रिय सदस्य उम्मेदवारी दिने बताउनु भएको छ । नेपालगाजमा आज संचारकर्मीसंग चौधरीले आफु कुनै खेमाबाट नभइ स्वतन्त्र रुपले उम्मेदवारी दिने बताउनुभयो । यसैगरी विद्यार्थी राजनीतिमा नेविसंघको महामन्त्री भैसक्नुभएका युवा नेता किरण पौडेलले पनि केन्द्रिय सदस्यमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । उहाँले धौलागिरि अाचलबाट केन्द्रिय सदस्यका लागि उम्मेदवारीको घोषणा गरेको बताउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस