REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
वीरगन्ज नाकाबाट विदेशिने महिलाको संख्या घट्यो
August 30 2010


काठमाडौ १४ भदौ । पासपोर्ट बनाउन कठिनाई भएपछि वीरगन्ज नाकाबाट भारत हुँदै विदेशीने महिलाको संख्यामा कमी आएको छ । सीमा क्षेत्रबाट आवागमन गर्ने महिलाहरुमाथि अनुगमन गर्दै आएको माइती नेपालले रोजगारीको बहानामा विदेशीने महिलाको संख्यामा कमी आएको बताएको छ । चौथो मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस अन्र्तगत आज वीरगाजमा गरिएको मानव बेचबिखन नियन्त्रणमा साचारकर्मीको भूमिका विषयक एकदिने अन्तकिर््रया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । माइती नेपाल वीरगाज शाखा प्रमुख संगीता पुरीले सीमा क्षेत्रबाट रोजगारीका लागि भारतको रक्सौल हुँदै अन्त जाने युवतीहरुको संख्यामा कमी आएको बताउनुभयो । उहाँले सन् २००९ मा भारतबाट १३ जनाको उद्धार गरिएकोमा यस वर्ष एक जनाको मात्र उद्धार हुन सकेको बताउनुभयो । यही भदौ २० गते परेको मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसको अवसरमा आजैबाट माइती नेपालले विभिन्न साताव्यापी कार्यक्रमसमेत गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले गरिबीका कारण चेलीबेटी बेचबिखनको समस्या ज्यूका त्यू रहेको बताउनुभयो ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.