माओवादीका कारण संविधानसभाका प्रतिवेदन सभामुखलाई आज नबुझाईने
September 01 2010
काठमाडौ १७ भदौ । माओवादी नेताहरुको अनुपस्थितिको कारण संविधानसभाका सातवटा प्रतिवेदनसहितको मस्यौदा संविधानसभाका अध्यक्षलाई बुझाउने आजको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।
संविधानसभाको प्रतिवेदन अध्यन समितिले दलहरुवीच विवादित रहेको सात वटा समितिको प्रतिवेदन अध्ययन पछि आज संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउने कार्यक्रम तय गरेको थियो । अध्ययनमा लागि समितिमा आएका प्रतिवेदनमध्ये राज्यपुनसर्ंरचना समिति बाहेकका अन्य सात वटा
समितिका प्रतिवेदन प्रश्नावलीसहित सभाध्यक्षलाई बुझाउन लागेको थियो ।
तर प्रतिवेदनमाथिको छलफलमा माओवादी प्रतिनिधि बैठकमा अनुपस्थित रहेपछि प्रतिवेदनमा माओवादीको हस्ताक्षर हुन नसकेकोले आजको कार्यक्रम स्थगित गरिएको सभापति अग्नी खरेलले जानकारी दिनु भयो । विभिन्न समितिमा देखिएका विवादसहितका १ सय ७५ भन्दा बढि प्रश्नावलीसहितको प्रतिवेदन तयार गरिएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस