माओवादीले आधारपत्रमा सहमति नगरे मधेसी मोर्चा फेरि तटस्थ बस्ने
September 02 2010
काठमाडौ १७ भदौ । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेको सहमतिको आधारपत्रमा एकीकृत नेकपा माओवादीले ठोस प्रतिबद्धता ब्यक्त नगरे मोर्चा भदौ २० गते हुने छैठौ चरणको प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ नै रहने भएको छ ।
आज विहान प्रधानमन्त्रीका प्रत्यासी नेपाली काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलसँग भेटमा मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यस्तो जानकारी दिनु भएको हो ।
नेपाली काग्रेसको सिहदरवार स्थिति संसदीय कार्यालयमा बसेको दुई नेताहरुको भेटवार्तामा यादवले माओवादीले विशेष गरेर शान्ति प्रकि्रयाका सम्बन्धमा पहिला गरेका सहमति तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त नगरेसम्म मोर्चाले माओवादीको प्रधानमन्त्रीका प्रत्यासी अध्यक्ष प्रचण्डको पक्षमा मतदान नगर्ने बरु तटस्थ बस्ने जानकारी दिनु भएको स्रोतले जानकारी दिएको छ ।
भेटवार्तामा पौडेलले आफ्नो उमेदवारीको पक्षमा मतदान गर्न आग्रह गरे पनि यादवले भने एमाले तटस्थ रहँदा सम्म मोर्चाले भोट दिए पनि प्रधानमन्त्री निर्वाचित हुन नसक्ने भन्दै त्यस्तो निर्णय गर्दा मुलुकमा ध्रुवीकरण बढने भएकोले तटस्थ नै बस्ने बताउनु भएको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस