REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
ठुलो परिमाणमा सुन बरामद
September 02 2010

काठमाडौ १७ भदौ । सशस्त्र प्रहरी वीरगन्ज भन्सार राजश्व गस्ती टोलीले बिहीबार बिहान भारतबाट भन्सार छली नेपाल भित्रियाएको एक करोड ३७ लाख मूल्य बराबरको सुन बरामद गरी वीरगन्ज भन्सारलाई बुझाएको छ । प्रहरीले भारतबाट बा ७ च ६३४४ नम्बरको कारको सिटमुनी लुकाइछिपाई नेपाल भित्र्याउने क्रममा भन्सार अगाडिको मूल सडकबाट प्रहरीले चार किलो २ सय ९९ ग्राम सुन बरामद गरेको हो । प्रहरीले सुन भित्र्याउने वाहनको चालक वीरगन्ज उप-महानगरपालिका वडा नं १३ घडिअर्वा निवासी अरविन्द सिंह र सुनधनी वीरगन्ज आदर्शनगर वडा नं ७ निवासी अमित दारुकालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सारमा बुझाएको सशस्त्र प्रहरी वीरगन्ज भन्सार राजश्व गस्तीका प्रमुख कृष्ण कोइरालाले जानकारी दिए । पूर्व सूचनाको आधारमा प्रहरीले बुधबार साँझ ५ः३० बजेको समयमा वाहन चालक र माल धनिलाई वाहनसहित नियन्त्रणमा लिई विहीबार बिहान भन्सार प्रमुख लावण्य ढकालको रोहवरमा वाहनलाई जाँच गर्दा सुन र सुनका विभिन्न गहना बरामद गरिएको नायब उपरीक्षक कोइरालले बताए । प्रहरीले गहनासागै २० थान सोनी कम्पनीको मेमोरीकार्डसमेत बरामद गरेको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.