मालेको भोटकोलागी माओवादीले पाँच करोड प्रस्ताव गर्योः मैनाली
September 02 2010
रोशन सिल्पकार भक्तपुर १७ भदौ । नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीले आफ्ना प्रधानमन्त्रीका प्रत्यासी प्रचण्डको पक्षमा मतदान गर्न आफ्नो पार्टीलाई पाँच करोड रुपैया दिने प्रस्ताव गरेको दावी गर्नु भएको छ ।
भक्तपुरमा आयोजित कार्यक्रममा मैनालीले माओवादीले प्रचण्डलाई भोट दिन आफनो पार्टीलाइ ५ करोडको आर्थिक परलोभन देखाएको खुल्लासा गर्नु भएको हो ।
महासचिव मैनालीले माओवादी प्रधानमन्त्रीको चुनावमा पटक-पटक हार खाएपछि सभासद किनबेचमा लागी परेको दावी समेत गर्नु भयो ।
आफूले माओवादीको सो प्रस्ताव अस्विकार गरेपछि पार्टीबाट विभाजित भएर गएका ४ जना सभासद खरिद गर्न पोलिटब्यूरो सदस्य जगतबहादुर बोगटीलाई पैसा दिई पार्टी विभाजन गर्न लगाएको मैनालीको आरोप रहेको थियो ।
उहाँले एमालेको तटस्थ बस्ने निर्णयका कारण माओवादीले अन्य पार्टीका सभासद किन बेच गर्ने मौका पाइरहने बताउँदै एमालेलाई तटस्थता त्याग्न आग्रह गर्नु भयो ।
माओवादीले मालेलाई विभाजन गरे जस्तै अरु पार्टीका सभासदलाई आर्थिक प्रलोभन दिइ पार्टी विभाजन गराएर आफु हिरो बनी लोकतन्त्रलाइ समाप्त गर्न खोजेको उहाँको भनाइ थियो ।
उहाँले सहमतीय सरकार गठन नभए पनि बहुपमतीय प्रणालीबाट सरकार गठन गरे अकाश नखस्ने भन्दै संविधान निर्माण र शान्ति प्रकि्रयालाई टुङग्याउनकालागी भने सबै दललाई समेटेर सहमती गर्नु पर्ने बताउनु भयो ।
मैनालीले यि सबै कि्रयाकलापका कारण माओवादीलाई विश्वास गर्न नसकिने भन्दै कुनै पनि हालतमा प्रधानमन्त्रीका लागी प्रचण्डलाई सर्मथन नर्गने स्पष्ट पारे ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस