काठमाडौं १७ भदौ । तत्कालिन सरकारले दासढुंगा दुर्घटनाबारे आवश्यक पहल
नगरेकाले दासढुंगा घटनाका रहस्यहरु अझ खुल्न नसकेको एमाले अध्यक्ष झलनाथ
खनालले बताउनुभएको छ । काठमाडौमा आज एमालेका पूर्वमहासचिव मदनभण्डारीको रहस्यमय मृत्युमा आधारित
चलचित्र दासढुंगा उदघाटनका अवसरमा उहाँले त्यस्तो बताउनुभएको हो ।
कार्यक्रममा अध्यक्ष खनालले एमाले नेता भण्डारी लोकपि्रय नेताभएकैले
उहाँको रहस्यमय हत्या पनि भएको हुन सक्ने बताउनुभयो । रहस्यमय दासढुंगा
घटनाको तथ्य सार्वजनिक गर्नकालागि अझ निश्पक्ष छानबिनको खाँचो भएको उहाँको
भनाइ थियो ।
दासढुंगा चलचित्र प्रदर्शनपछि एकिकृत नेकपा माओवादी उपाध्यक्ष डाक्टर
बाबुराम भटटराइले स्वर्गीय नेता मदन भण्डारीको मृत्युलाई टालटुले पाराले
हेर्न नहुने बताउनु भयो । भण्डारीको मृत्युका परतहरु अझ जनता सामु छर्लंग
हुन बाँकी रहेको माओवादी नेता भट्टराईले बताउनु भयो । उहाँले मदन भण्डारीको
मृत्युमा संलग्न हत्याराको खोजि गरि निश्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष भटटराइले ऐतिहासिक व्यक्तित्वको षडयन्त्रपुर्ण ढंगले घटना
घटाइदापनि छानविनमा कमि भएकैले तथ्य बाहिर आउन नसकेको बताउनुभयो ।
दासढुंगा चलचित्र प्रदर्शनपछि स्वर्गिय जिवराजआश्रित पत्नि माया ज्ञवालीले
अन्य पार्टीले घटनालाइ रहस्यमै राखेपनि एमालेपनि त्यहीबाटोमा हिडेकोमा दुख
व्यक्त गर्नुभयो । उहाँले एमालेको नेतृत्वमा सरकार हुँदा पनि दासढुंगा घटना
सार्वजनिक हुन नसकेकोमा दुख व्यक्त गर्नु भयो । उहाँले एमाले सरकार बनाउन र
भत्काउनमै केन्द्रित रहेकाले पनि दासढुंगाले न्याय पाउन नसकेको उहाँको
भनाइ थियो ।
तत्कालिन एमाले महासचिव मदन भण्डारीका साथ पार्टी नेता जीवराज आश्रितको
२०५० साल जेठ ३ गते दासढुंगामा रहस्यमय दुर्घटनामा परि मृत्यु भएको थियो ।
चालक अमर लामाले षडयन्त्रपुर्णढंगले हत्या गराएको भन्ने आरोप आइरहेका बेला
चालक लामाको पनि ४ बर्ष पहिलै हत्या भएको छ । चालक अमर लामा त्यस समयमा
नेकपा एमाले सदस्य भएपनि दासढुंगा घटना घटेको ७ बर्ष पछि लामा नेपाली
काँग्रेसमा प्रवेश गरेका थिए । चलचित्र दासढुंगामा षडयन्त्रपुर्ण ढंगले
देशि बिदेशीको मिलेमतोमा घटना घटाइएको खुलाउन खोजिएको छ ।
चलचित्रमा घटना घटाइएको सम्पुर्ण काजले सुनियोजित ढंगले नेताको हत्या
गरिएको जानकारी कर्मचारीलाइ भएपनि सरकारी कर्मचारी त्यसलाइ बिभिन्न
सत्ताधारी र बिदेशी शक्तिको धम्कीले बाहिर ल्याउन नचाहेको चलचित्रले बोल्न
खोजेको आभास हुन्छ । चलचित्रको अवलोकनपछि सत्य तथ्यलाइ बुझने सवारी चालक
अमर लामाको हत्याले सम्पुर्ण घटनाको सत्यंतालाइ नै मेटाउने प्रयास गरिएको छ
।