REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
माओवादी र एमालेका कारण संविधानसभा औचित्य हिन बन्योः श्रममन्त्री
September 02 2010

काठमाडौ १७ भदौ । श्रम तथा यातायात मन्त्री मोहम्मद आफताव आलमले एमालेको तटस्थता र माओवादीको हठको कारण संविधानसभा औचित्य हिन बनेको बताउनु भएको छ । रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री आलमले समयमा संविधान बनाउँन नसक्ने र प्रधानमन्त्री बनाउँन नसक्ने संविधान सभाको औचित्यलाई लिएर नेपाली जनताले प्रश्न उठाउन थालेको बताउनु भयो । उहाँले भन्नु भयो-संविधानसभाको मुल काम संविधान निर्माण र सरकार गठनमै असफल भएपछि औचित्यमा स्वभाविक रुपमै प्रश्न उठेको छ । दुई वर्षमा संविधान बन्न नसक्नुमा माओवादीको हठ प्रमुख कारण रहेको दावी गर्दै मन्त्री आलमले यस्तै अवस्था कायम रहे थपिएको एकवर्षमा पनि संविधान नबन्ने ठोकुवा गर्नु भयो । सहमतिको नाममा एमालेले लिईरहेको तटस्थताको नीति गैरप्रजातान्त्रीक प्रबृत्तिको भएको भन्दै मुलुकलाई अनिर्णयको अवस्थाबाट बाहिर ल्याउन एमालेले निर्णयमा परिवर्तन गर्नु पर्ने बताउनु भयो । उहाँले मुलुक अप्ठ्यारो अवस्थामा पुग्नुको जिम्मेवारी एमाले र माओवादीले लिनु पर्ने समेत सो अवसरमा बताउनु भयो । साक्षात्कारमै उहाँले आफू नेपाली काग्रेसको बाह्रौ महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिने घोषणासमेत गर्नु भयो । उहाँले आफूले मुस्लिम कोटाबाट उमेदवारी दिने स्पष्ट पार्नु भयो । आफ्नो कार्यकालमा बैदेशिक रोजगारको क्षेत्रमा उल्लेख्य कार्य भएको दावी गदैर््रै कोरियाबाट बढी कामदार माग हुनु जापानलाई नयाँ बैदेशिक रोजगारीको क्षेत्रको रुपमा सुरुवात गर्नु बैदेशिक रोजागारीमा जानेको सुरक्षाकोलागी परिचयपत्रको अवधारणा ल्याउनु उपलब्धी भएको दावी गर्नु भयो । उहाँले मलेसियामा नेपाली कामदारले सुरु गरेको आन्दोलन सहमतिमा टुङग्याउन सो विषयमा छलफल गर्न आफै मलेसिया जाने समेत जानकारी दिनु भयो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.