दाङमा वालिका वलात्कार गर्ने पक्राउ, अपहरणकारी नियन्त्रणमा, केहिको मृत्यु
September 02 2010
काठमाडौं १७ भदौ । अर्घाखाँची जिल्लामा अपहरित बालिकाको प्रहरीले सकुशल उद्धार गर्नुका साथै अभियुक्त एकजना पक्राउ गरेको छ । अपहरणमा परेकी धनचौर गाविस वडा नम्वर-५ रातमाटे बस्ने राधा भुषालको २
बर्षीया छोरी बर्षा भुषालको प्रहरीले सकुशल उद्धार गरेको प्रहरी समाचार
कक्ष नक्सालले जारी गरेको बुटलेटिनमा उल्लेख छ । बालिकालाई हिजो विहान
स्थानिय आमबोटे भन्ने राजु नेपालीले अपहरण गरेको खवर पाउना साथ खटिएको
प्रहरी टोलीले वेलुका नै बालिकालाई सकुशल मुक्त गराएको समाचारमा उल्लेख छ ।
अभियुक्त नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंमा एक १० बर्षीय बालकलाई मादक पदार्थ रक्सी खुवाउने काठमाडौँ
महानगरपालिका-१५ विजेश्वरीमा भट्टी पसल गरी बस्ने २५ बर्षीय रविन
श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर ठिमी नगरपालिका-१३ घर भएका गिता श्रेष्ठको १० बर्षीय छोरा निरन
श्रेष्ठलाई रक्सी खुवाएको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
रक्सी सेवनबाट बेहोस भएका श्रेष्ठलाई उपचारको लागि कान्ति अस्पतालमा लगिएको
छ ।
दाङ जिल्लामा बालिकालाई सामुहिक बलात्कार गर्ने मध्येका एकजना लाई प्रहरीले पक्राउ गरेको छ ।
एक १४ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने मध्येका लालमटिया गाविस
वडा नम्वर -८ बस्ने १७ बर्षीय सुवास चौधरीलाई प्रहरीले पक्राउ गरेको प्रहरी
समाचार बुटेटिनमा उल्लेख छ ।
चौधरी समेतका ४ जनाले भाद्र १६ गते दिउसो स्थानिय १४ वर्षकी बालिकालाई
जवरजस्ती सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । फरार अन्य
अभियुक्तहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान
गरिरहेको छ ।
रोल्पा जिल्ला बुढागाँउ बस्ने ४ बर्षीय राहुल रानाको झाडापखालाले मृत्यु
भएको छ । झाडापखालाले ग्रसित भएका उहाँको भाद्र १६ गते दिउसो स्थानीय
मेडिकलमा उपचार हुँदाहुदै मृत्यु भएको छ ।
त्यस स्थानमा अन्य व्यक्ति समेत झाडापखालाले बिरामी भएकोले स्वास्थ्य कर्मी
र प्रहरीको टोली उक्त स्थानमा पुगी उपचार गरिरहेको प्रहरी बुलेटिनमा
उल्लेख छ ।
कपिलवस्तु जिल्लामा हातहतियार खरखजना मुद्धामा पुर्पक्षका लागि कारागार
शाखा तौलीहवामा थुनामा रहेका राजपुर-५ पकरहेटी घर भएका ३५ बर्षीय बिनोद
कुमार पाठकको बेहोस भएर मृत्यु भएको छ ।
आज विहान खाना खाएर सुतिरहेका उहाँलाई बेहोस भएको अवस्थामा फेला पारेपछि
उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस