काठमाडौं १७ भदौ । प्राकृतिक प्रकोपबाट यस बर्ष २ सय ५८ जनाको मृत्यु भएको गृह मन्त्रालयले तथ्याङक सार्वजनिक गरेको छ । संसद्को अन्र्तगतको प्राकृतिक श्रोत तथा साधन समितिको आज िसंहदरबारमा बसेको
बैठकमा गृहमन्त्रालयका सचिव गोविन्द कुसुमले प्राकृतिक प्रकोपबाट तीन करोड
बढीको क्षेति भएको जानकारी दिनुभयो । मन्त्रालयको तथ्याङकअनुसार आगलगीबाट
१४ चट्याङबाट ३६ महामारीबाट २८ हावाहुरीबाट २ हवाई जहाज दुर्घटनाबाट १४
पहिरोबाट ८० बाढी तथा ढुंगा दुर्घटनाबाट ८३ र तातो हावाबाट एक जनाको मृत्यु
गएको छ ।
समितिको बैठकमा गृह सचिव कुसुमले प्राकृतिक प्रकोपबाट यस वर्ष ३ करोड २०
हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो । उहाँले विपत्तिमा
परेकाहरुको राहतका लागि प्रधानमन्त्री राहत कोषबाट ३२ जिल्लामा ३ करोड
विनियोजन भएको जानकारी दिनुभयो । बैठकमा प्राकृतिक विपत्तिबाट उद्धार
गर्नकालागि प्रहरीलाई सकि्रय बनाएको जानकारी समेत दिईएको थियो ।