आज बोल्ने क्रम सकियो भोली प्रचण्ड बाबुराम र बैद्यले जवाफ दिने
September 02 2010
काठमाडौ १७ भदौ । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम आज सकिएको छ । देशका बिभिन्न जिल्लाबाट आएका एकसय ४७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्ड उपाध्यक्षहरु मोहन वैद्य र डा बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको छुट्टाछुट्टै प्रतिवेदनमा आ-आफ्ना धारणा राखेका थिए । प्रतिवेदनका विषयमा सदस्यहरुले लिखित तथा मौखिक रुपमा धारणा राख्दै समग्र क्रान्तिलाई सम्पन्न गर्ने राष्ट्रिय समस्या समाधान गर्ने तथा पार्टी भित्रको विवादलाई छलफलका आधारमा टुङ्ग्याउनु पर्ने धेरैको धारणा रहेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरुले राखेको धारणाका बारेमा भोलि अध्यक्ष प्रचण्ड उपाध्यक्षद्वय वैद्य र भट्टराईले जवाफ दिने प्रवक्ता शर्माले बताउनुभयो । सरकार गठन प्रकि्रयामाओवादीको भूमिका र पार्टी सुदृढीकरणका बारेमा पनि छलफल गर्न बाँकी रहेको माओवादीले जनाएको छ । भदौ ९ गतेदेखि जारी बैठकमा अध्यक्ष प्रचण्ड उपाध्यक्षद्वय वैद्य र भट्टराईको अलग अलग प्रतिवेदन प्रस्तुत भएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस