REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
प्रचण्डको मधेसवादीलाई नयाँ प्रस्ताव
September 02 2010

काठमाडौ १७ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड अगामि भदौ २० गते हुने प्रधानमन्त्रीको निर्वाचनबाट आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गराउँन अहिले ब्यस्त छन् । उनले दिनँहु जसो आफ्नो पक्षमा बहुमत जुटाउन प्रमुख मधेसवादी दलहरुसँग छलफल गरिरहेका छन् । विशेष गरेर उनले मधेसवादी दलहरु मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सह-अध्यक्ष जेपी गुप्ता र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र बरिष्ठ नेता सरद्िसंह भण्डारीसँग दिनँहु जसो भेटवार्ता गरिरहेका छन् । भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउँन सहयोग गरे आर्कषक मन्त्रालय दिने प्रस्ताव गरिरहेको स्रोतले जानकारी दिएको छ । मधेसवादी दलहरुका प्रभावशाली नेताहरुसँग भएको छलफल कै आधारमा प्रचण्डले भदौ २० गते हुने निर्वाचनमा प्रधानमन्त्री चुनिने निश्चितता प्रकट गर्दै २० गतेको निर्वाचनमा प्रधानमन्त्री नबने विकल्प अपनाउने पार्टी भित्र बताउँदै आएका छन् । तर मधेसवादी दलहरु अहिलेसम्म पनि अनिश्चितताको भूमरीमै रहेका छन् । मधेसवादी दलका निकटहरुकोले भने मोर्चा वा मधेसवादी दलहरु तत्कालै प्रचण्डको पक्षमा मतदान गर्ने स्थितिमा रहेको बताएका छन् । भारत तत्काल माओवादीको नेतृत्वमा सरकार बनाउन नहुने पक्षमा रहेको अवस्थामा भारत निकट मानिएका मधेसवादी दलहरुले कसरी प्रचण्डको पक्षमा मतदान गर्लान त्यो भने हेर्न बाँकी नै रहेको छ । प्रचण्डले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई उपप्रधानमन्त्रीसहित गृह अर्थ भौतिक योजना निर्माण पर्यटन तथा नागरिक उड्ययनसहित छ वटा मन्त्रालय र फोरम नेपालका अध्यक्ष यादवलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र सूचना तथा साचार स्थानीय विकाससहित पाँच मन्त्रालय दिने प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.