केन्द्रीय सदस्यको प्रश्नको जवाफ खोज्न माओवादी पदाधिकारी बैठक बस्दै
September 02 2010
काठमाडौ १८ भदौ । केन्द्रीय सदस्यहरुले उठाएका टिप्पणी र प्रश्नावलीको उत्तर खोज्न एकीकृत नेकपा माओवादी पदाधिकारी बैठक बस्दैछ । काठमाडौमा एक हप्ता भन्दा बढी समय चलेको केन्द्रीय समितिको बैठकमा एकसय ४७ जना केन्द्रीय सदस्यहरुले उठाएका टिप्पणीको एउटै उत्तर खोज्न पदाधिकारी बैठक बस्न लागेको हो । बैठकको समय तय भैनसकेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनु भयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्षहरु मोहन वैद्य र डा बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको छुट्टाछुट्टै प्रतिवेदनमा केन्द्रिय सदस्यहरुले आ-आफ्ना धारणा राखेका थिए । तीन वटै प्रतिवेदनमा उठेका विषयहरु समेटेर साझा प्रतिवेदन तयारीका लागि केही दिनका लागि केन्द्रिय समिति बैठक स्थगित गरिएको छ । प्रतिवेदनका विषयमा सदस्यहरुले लिखित तथा मौखिक रुपमा धारणा राख्दै समग्र क्रान्तिलाई सम्पन्न गर्ने राष्ट्रिय समस्या समाधान गर्ने तथा पार्टी भित्रको विवादलाई छलफलका आधारमा टुङ्ग्याउनु पर्ने धेरैको धारणा छ । केन्द्रिय सदस्यहरुले राखेको धारणाका बारेमा सामूहिक प्रतिवेदन बनेपछि जवाफ दिने कार्यक्रम छ । भदौ ९ गतेदेखि शुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड उपाध्यक्षद्वय वैद्य र भट्टराईको अलग अलग प्रतिवेदन प्रस्तुत भएको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस