आजबाट सुनचाँदी आयातमा प्रतिवन्ध
September 02 2010
काठमाडौ १८ भदौ । बाह्य मुलुकबाट बढि सुनचाँदी आयात हुदा बिदेशि मुद्राको सिाचतिमा प्रतिकुल असर परेको भन्दै नेपाल सरकारले सुनचाँदी आयातमा प्रतिवन्ध लगाएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति निकालेर आजबाट लागू हुने गरी सुनचादी आयातमा रोक लगाएको हो । मन्त्रालयका सहसचिव गणेश ढकालले यस अघि जारी विधेयक अव निस्क्रिय भएको र नयाँ अध्यादेश जारी हुन नसकेकाले तत्कालका लागि सुनचाँदी आयातमा पूर्ण प्रतिवन्ध लगाइएको बताउनुभयो । पुरानै भन्सार दरमा सुन आयात हुने भएकाले यो रोक लगाइएको हो ।
यसैबीच वीरगन्जमा हिजो सशस्त्र प्रहरीले अवैध सुन सहित पक्राउ गरेका दुई जना हिजो साँझ धरौटी राखेर रिहा भएका छन् । चार किलो तीन सय ७२ ग्राम सुन सहित पक्राउ परेका बीरगन्जको आदर्शनगरका अमित दारुका र घडीअर्वाका कार चालक अरविन्द िसंह एक करोड ४१ लाख १८ हजार रुपैया बराबरको बिगो बमोजिमको धरौटी राखेर रिहा भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । एक करोड ५० लाख मूल्य बराबरको चार किलो तीन सय ७२ ग्राम सुन सहित पक्राउ परेका दारुका र सिँहलाई सशस्त्र प्रहरीले हिजो पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो । भारतको रक्सौलबाट बा ७ च ६३४४ नम्बरको स्यान्ट्रो कार भित्र सुन लुकाएर वीरगन्जतर्पु आउँदै गर्दा उनीहरुलाई भन्सार कार्यालय अगाडी सशस्त्र प्रहरीको राजश्व टोलीले हिजो बेलुकी पेस्तोल तेस्र्याएर नियन्त्रणमा लिएको थियो । बरामद गरिएकोमा एक -एक किलोग्राम तौलका सुनको चारवटा विष्कुट र तीन सय ७२ ग्राम तौल बराबरको औंठी र कानको गहना रहेको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस