व्यापारीको गोली हानी हत्या
September 02 2010
काठमाडौ, १८ भदौ । गएराती साढे आठ बजे सर्लाहीको बरहथवाका एक व्यापारीको गोली हानी हत्या गरिएको छ । बरहथवामा पसल भएका शम्भु दासलाई हतियारधारीले गोली हानी हत्या गरेको सर्लाहीका प्रहरी उपरिक्षक जोशीले बताउनुभयो । हत्याको जिम्मेवारी तराइ आर्मी नामक संस्थाले लिएको छ । ३५ बर्षिय दासलाई पसल बन्द गर्दै गरेको अवस्थामा पछाडीबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस