२० गतेपछि दुवैले उमेद्वारी फिर्ता लिनुपर्छ - भट्टराई
September 03 2010
काठमाडौ १८ भदौ । एकीकृत माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले भदौ २० गतेपनि प्रधानमन्त्रीको छनोट हुन नसकेमा दुवै उमेद्वारले उमेद्वारी फिर्ता लिनुपर्ने बताउनुभएको छ । मुलुकलाई लामो समयसम्म सरकार विहीनताको अवस्थामा राख्न नहुने भन्दै उहाँले त्यसपछि नयाँ आधारमा सहमति खोज्नुपर्ने धारणा राख्नुभयो ।
आज विहान गोरखा सदरमुकाममा जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्दै पूर्व अर्थमन्त्री भट्टराईले सरकार गठन गर्न नसकेको निहुँमा संविधान सभालाई भंग गर्ने र राष्ट्रपतिलाई सकि्रय बनाई सैनिक सासन लागु गराउने षड्यन्त्र हुन थालेको पनि आशंका गर्नुभयो । पूर्व राजाको छोरा बुहारीको चहलपहलले पछिल्लो समयमा त्यहि संकेत गरेको पनि उहाँले बताउनुभयो ।
पत्रकारको जिज्ञासामा उपाध्यक्ष भट्टराईले माओवादीको केन्द्रिय समितिमा प्रस्तुत प्रतिवेदनहरुमध्ये आफ्नो प्रतिवेदन सबैभन्दा बैज्ञानिक भएको बताउनुभएको छ । शान्ति र संविधान सुनिश्चित हुन नसकेमा मुलुक फेरि अर्को भिडन्तमा जाने भएकाले पहिले संविधान निर्माण गरी शान्ति प्रकि्रया निष्कर्षमा पुर् याउनुपर्ने धारणा आफुले राखेको बताउनुभयो । भट्टराईले बाहिर प्रचार भएजस्तो पार्टिमा विवाद नभएको भन्दै पार्टिको शीर्ष नेताहरुमा पार्टिको लाइनबारे एकमत रहेको पनि बताउनुभयो । गोरखाका जनप्रतिनिधि समेत रहनुभएका भट्टराईले जिल्लाको पहिलो सामुदायिक क्याम्पस द्रब्यशाह बहुमुखी क्याम्पसको रजत जयन्ती समारोहको पनि उद्घाटन गर्नुभएको छ । उहाँले शिक्षा स्वास्थ्य जस्ता मौलिक अधिकारलाई कसैले पनि मुनाफाको बस्तु बनाउन नहुने धारणा राख्नुभयो । भट्टराई तीनवटा औपचारिक कार्यक्रम सिध्याएर विहान साँढे नौ बजे काठमाडौ फर्कनुभएको हो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस