कामचलाउ सरकार अझै रहे सुरक्षा ब्यवस्थामा असर पर्ने गृहमन्त्रीको चेतावनी
September 03 2010
काठमाडौ १८ भदौ । गृहमन्त्री भीम रावलले कामचलाउ सरकार अझै लामो समयसम्म कायम रहे सुरक्षा ब्यवस्थामा प्रतिकुल असर पर्ने बताएका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा आज उनले भन- यस्तै अवस्था जारी रहे त्यसको प्रतिकूल असर सुरक्षा व्यवस्थामा पर्छ ।
रावलले दुई दुई महिनासम्म कामचलाउ मन्त्रिपरिषद्को मन्त्री भएर काम गर्नुपर्दा आफूलाई लाज लाग्न थालिसकेको समेत बताए । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने प्रधानमन्त्रीले नै राजीनामा दिइसकेको अवस्थामा मन्त्रीले के राजीनामा दिनु जिम्मेवार राजनीतिक दलहरु तटस्थ बस्नाले पनि समस्या उत्पन्न भएको उनको कथन थियो।
प्रधानमन्त्री माधवकुमार नेपालले गत असार १६ गते राजीनामा दिएका थिए। यस बीच संसदमा पाँच पटक प्रधानमन्त्री चुन्न निर्वाचन भइसकेको छ। तर बहुमतको अभावमा सबै निर्वाचन अनिणिर्त हुन पुगेको छ। भदौ २० गते छैटौ पटक प्रधानमन्त्री चुन्न निर्वाचन हुन लागेको छ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस