कृष्ण विस्रजनमा तीन जनाको डुवेर मृत्यू
September 03 2010
काठमाडौ १८ भदौ । कृष्ण जन्मअष्ठमीमा बनाएको भगवान श्रीकृष्णको मुर्ति विर्जन गर्ने क्रममा सिराहामा आज तीन जनाको डुवेर मृत्यू भएको छ । पूजापछि महेशपुर पतारीस्थित पोखरीमा मूर्ति विस्रजन गर्न गएका तीन जना बालबालिको शुक्रबार दिउँसो डुबेर मृत्यु भएको छ । घटनामा एकै टोलका दुई बालक र एक बालिकाको मृत्यु भएको हो । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको प्रहरी निरिक्षक लालब्वज सुबेदीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा महेशपुर पतारी ४ निवासी सुदीश मण्डलकी १२ वर्षीया छोरी गुडिया मण्डल कृपाल मण्डलको १० वर्षे छोरा सुदन मण्डल र सशवदयाल साफीको १० वर्षे छोरा रामबाबु साफी छन्।
महेशपुर पतारी ९ मा दुई दिनदेखि चलेको कृष्ण जन्माष्टमीको मेला शुक्रबार सम्पन्न भएपछि मूर्ति विस्रजन गर्न गाउँका युवा तथा बालबालिकाहरु नजिकैको पोखरीमा गएका थिए।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस