
अखिल नेपाल तेक्वान्दो संघ एन्टा चितवनको आयोजनामा चितवनको पर्यटकीय क्षेत्र सौराहामा आगामी वर्ष गर्न लागिएको नेपाल, भारत र भुटानको मैत्रीपूर्ण अन्तराष्ट्रिय प्रतियोगिताको प्रचार प्रसार गर्ने उद्देश्यले तीनदिने विशेष प्रशिक्षण कार्यक्रम हालै सम्पन्न भयो । सौराहा पर्यटन व्यवसायी संघका अध्यक्ष शरद पाण्डेले उद्घाटन गर्नु भएको सो कार्यक्रममा सौराहा घुम्न आउने पर्यटकहरुको उल्लेखनीय उपस्थिति थियो ।
पहिलो दिन २४ जना रेड बेल्टधारी प्रशिक्षार्थिहरुले आकर्शक खेल प्रदर्शन गरेका थिए । यसै गरी त्यसै दिन उनीहरुले विश्व तेक्वान्दो एकेडेमी बाट मान्यता हुने कुकीवान डानको लागि परीक्षा पनि दिए । परीक्षामा राजकुमार दराई प्रथम घोषित भएका थिए । एन्टाका महासचिव तथा डब्लु.टि.एफ.का अन्तराष्ट्रिय रेप
|mी अनुयाज गौतम तथा कार्यक्रम संयोजक एन्टा चितवनका अध्यक्ष राजमान तामाङले डेमोस्टे्रसन, ब्रेकीङ, स्पाइरिङ तथा पुम्से लगायतमा विशेष प्रशिक्षण गराएका थिए । कार्यक्रममा चितवनका विभिन्न डोजाङबाट छानीएका ४० जना सिनियर खेलाडिहरुले भाग लिएका थिए ।