अनमिन र राष्ट्रसंघको महासभा अध्यक्षकोलागी प्रधानमन्त्रीको लविङ जारी
September 03 2010
काठमाडौं,१८ भदौ । अनमिनको म्याद थप र राष्ट्रसंघको महासभाको अध्यक्षताकोलागी लविङ गरिरहनु भएका प्रधानमन्त्री माधवकुमार नेपालसँग आज अमेरिका जापान तथा वेलायतका महामहिम राजदूतहरुले छुट्टाछुट्टै भेट गर्नुभयो ।
भेटमा प्रधानमन्त्रीले अमेरिकन कार्यवाहक राजदूत प्याट्रेसिया मोहानी जापानी राजदूत तात्सुओ मिजुनो तथा वेलायती राजदूत जोन तुकनोटसँग छुट्टाछुट्टै परामर्श गर्नुभएको थियो ।
प्रधानमन्त्रीले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनअनमिनको समयावधिका सम्बन्धमा केन्द्रीत रहेर परामर्श गर्नुभएको थियो । त्यस अवसरमा उहाँले राजनीतिक दलहरुसँगको परामर्शका क्रममा अधिकांश दलहरुले कार्यदेश घटाएर मात्रै अनमिनको म्याद बढाइनुपर्ने सुझाव दिएको बताउनुभएको थियो । उहाँले संविधानसभा निर्वाचनपछि ६ महिनाभित्र माओवादीका लडाकुहरुको समायोजन र पुर्नस्थापनाको काम सम्पन्न गरिसक्नुपर्ने सहमति अनुसार नेपाली सेनालाई पनि अनमिनकै अनुगमनमा राखिए पनि अहिलेसम्म सहमति अनुरुपको काम अगाडि नबढ्दा नेपाली सेनाका नियमित काममा अबरोध भएको चर्चा गर्नुभएको थियो । उहाँले नेपाली सेनालाई अनुगमनबाट मुक्त गर्नेगरी कार्यदेश घटाएर अनमिनको म्याद थप्ने समझदारी बन्दै गएकाले सहयोगका लागि राजदूतहरुलाई आग्रह पनि गर्नुभयो ।
जवाफमा राजदूतहरुले राजनीतिक सहमतिमा सरकारले गर्ने निर्णयबाट कुनै अफठ्यारो नपर्ने बताउनुभयो । उहाँहरुले छिटोभन्दा छिटो संक्रमणकाल अन्त्य गर्ने विषयमा समेत सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । भेटमा परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस