मैनालीको आरोप निराधारः माओवादी
September 03 2010
काठमाडौं १८ भदौ । एकीकृत नेकपा माओवादीले मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्री चयनमा आफूलाई भोट हाले पाँच करोड दिने प्रस्ताव गरेको भनाइप्रति आपत्ति जनाएको छ ।
माओवादी प्रवक्ता दीनानाथ शर्माले आज प्रेस विज्ञप्ति जारी गरेर मैनालीको भनाई आधारहीन अराजनीतिक र दुराशयपूर्ण भएको दावी गरिएको छ । हिजो मैनालीले माओवादीले आफुलाई पाँच करोडको प्रस्ताव गरेको आरोप लगाउनुभएको थियो ।
आफैले आफ्नो पार्टीका सभासद्माथि गरेको चरम शोषण दोहन दक्षिणपन्थी गठबन्धन र अराजनीतिक हर्कतका कारण माले फुटेको यथार्थलाई स्वीकार गर्नुको सट्टा उल्टै माओवादी पार्टीको गरिमामाथि नै हिलो छयापेर आत्मरति लिने कसरत गरेको माओवादी विज्ञप्तिमा उल्लेख छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस