एमाले २० गते पनि तटस्थ, मुलुकले प्रधानमन्त्री पाउन नसक्ने
September 03 2010
काठमाडौं १८ भदौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पसर्ी २० गतेको निर्वाचनमा पनि एकीकृत माओवादी र कांग्रेसका प्रधानमन्त्रीका प्रत्याशी पराजित हुने दावी गर्नु भएको छ ।
भक्तपुरको खरिपाटीमा आज आयोजीत कार्यक्रममा उहाँले एमालेले प्रधानमन्त्रीको पद र कुसर्ी मोहका लागि कसैलाई सहयोग नगर्ने बताउनु भयो । प्रधानमन्त्रीका दुबै प्रत्यासीले आफ्नो क्षमता र योग्यता देखाउन नसकेको टिप्पणी गर्दै अध्यक्ष खनालले राष्ट्रिय सहमतिको विकल्प नरहेको बताउनु भएको छ ।
एमालेले प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेर हलो अड्काएको भन्ने आरोपको खण्डन गर्दै अध्यक्ष खनालले ३ सय १ पुर् याएर सरकार बनाउन दुवै उम्मेदवारलाई कसलै नछेकेको बताउनु भयो । उहाँले २० गते पनि तटस्थ बस्ने दोहराउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस