चरेसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ
September 03 2010
काठमाडौ१८ भदौ । लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई शाखा अन्तराष्ट्रिय बिमानस्थल र अन्तराष्ट्रिय बिमान स्थल सुरक्षा गार्ड कार्यालयको संयुक्त प्रहरी टोलीले ८ के।जी ७ सय ग्राम लागू औषध चरेश सहित अमेरिकी पासपोर्ट नम्वर ४५२०६०६३२ का ४२ बर्षीय क्याल्हुन ह्यारी लाई पक्राउ गरेको छ ।
भाद्र १५ गते ईत्तेहाद एयरवेज को ईवाई- २९३ को उडानद्धारा अबुदाई प्रस्थान गर्न लागेका उनको सुटकेश भित्र फल्स बटम बनाई पाता आकारमा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त चरेश बरामद भएको थियो ।
यसैगरी चितवन जिल्ला भरतपुर नगरपालिका-११ बस्ने २० बर्षीय योगेश बास्तोला र २२ बर्षीय प्रकाश लामालाई प्रहरीले अवैध लागू औषध ब्राउन सुगर ४ ग्राम सहित पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले भाद्र १७ गते राति ९ बजे मकवानपुर जिल्ला हेटौडा नगरपालिका-१० बसपार्कमा शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उक्त ब्राउन सुगर बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस