REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
सङ्क्रमणकाल लम्बिदा मानवअधिकारको स्थिति भयावहः मानवअधिकारकर्मी
September 03 2010

काठमाडौ १८ भदौ । मानवअधिकारकर्मीहरुले संक्रमणकाल लम्बिँदै जाँदा मानवअधिकारको स्थिति भयावह बन्दै गएको बताएका छन् । साथै उनीहरुले सरकार मानवअधिकार उल्लङ्घनका घटनामा संलग्न दोषीलाई कारवाही गर्न उदासिन बनेकाले दण्डहीनता मौलाएको पनि बताएका छन् । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिमा अधिकारकर्मीहरुले व्यवस्थापिका संसदलाई सरकार गठन विघटनमा सिमित गरिएका कारण मानवअधिकारको स्थिति खस्किँदै गएको बताएका हुन् । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधानले सरकार माओवादीबीच शान्ति सम्झौता भए यता ४६ जना नागरिकको गैरन्यायिक हत्या भएको बताउनुभयो । उहाँले विगतको द्वन्द्वकालमा गैरन्यायिक हत्यामा संलग्नलाई कारवाही गर्न मानवअधिकार आयोगले सिफारिस गरेपनि सरकारले आयोगको सिफारीसलाई लत्याएको आरोप लगाउनुभयो । सदस्य प्रधानले राज्यले मृत्युदण्डको व्यवस्थालाई खारेज गरेपनि गैर न्यायिक हत्याका शृङ्खला जारी रहनुले नेपालको मानवअधिकारको अवस्था दयनीय बन्दै गएको टिप्पणी गर्नुभयो । यसैगरी अधिकारकर्मी पद्मरत्न तुलाधरले चोरी डकैतीको आरोपमा पक्राउ परेका नागरिकको प्रहरी हिरासतमा मृत्यु हुने गरेकाले मानवअधिकारको स्थिति कुन हालतमा छ भन्ने प्रष्टाउने बताउनुभयो । तुलाधरले राजनीतिक परिवर्तनपछि पनि शान्ति सम्झौतामा उल्लेख गरिएअनुसारका आयोग गठन नभएका कारण दण्डहीनताले मौलाउने अवसर पाएको उल्लेख गर्नुभयो । अर्का अधिकारकर्मी डा विरेन्द्र मिश्रले संक्रमणकालिन अवस्था लम्बिएका कारण मानवअधिकारको स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउनुभयो । बैठकमा समिति सभापति परमलाल विश्वकर्माले मानवअधिकार आयोगका सिफारिस कार्यान्वयनमा सरकारलाई निर्देशन दिन सेना प्रहरी र प्रधानमन्त्री कार्यालयमा रहेको मानवअधिकार सेलका प्रमुखसँग छलफलको तयारी भएको बताउनुभयो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.