काङ्ग्रेस केन्द्रिय समितिद्वारा नीति तथा कार्यक्रम पारित
September 03 2010
काठमाडौ १८ भदौ । नेपाली काङ्गे्रस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले १२ औं महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमलाई पारित गरेको छ । प्रस्ताव गरिएको मस्यौदामा छलफलमा आएको विभिन्न सुझावहरुलाई समावेश गर्ने पारित गरिएको उपसभापति गोपालमान श्रेष्ठले जानकारी दिनुभयो । सबै सुझाव समेटी एकदुई दिनमा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइने र त्यसपछि अध्ययनका लागि कार्यकर्तालाई वितरण गरिने पनि उपसभापति श्रेष्ठले बताउनुभयो । काङ्ग्रेसले वरिष्ठ नेता शेरबहादुर देउवाको संयोजकत्वमा नीति तथा कार्यक्रम मस्यौदा समिति गठन गरेको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस