माओवादी उपाध्यक्ष चढेको जिप र यात्रुबाहक बस ठोक्कियो
September 03 2010
काठमाडौ १८ भदौ । गोर्खाबाट काठमाडौं आउँदै गरेको एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराई चढेको गाडीलाई त्रिभुवन राजपथको त्रिशूली खण्डमा एक बसले शङकास्पद तरिकाले ठक्कर दिएको छ । मुगलिन-गजुरी खण्डमा पर्ने चितवन दारेचोक गाविस-९ तिस्लिङमा बिहान सवा ११ बजेतीर उपाध्यक्ष भट्टराई चढेको वा १ छ ७५८ नं। को गाडीमा लु १ ख ६१३९ नं। को बसले ठक्कर दिएको हो ।
बसले ठक्कर दिए पनि भट्टराई भने दुर्घटनाबाट जोगिएका छन् । बुटवलबाट काठमाडौं आइरहेको सो यात्रु वाहक बसले भट्टराई चढेको गाडीमा शङकास्पद तरिकाले ठोक्काएको उनका सहयोगी विश्वदीप पाण्डेले दावी गरे ।
सहयोगी पाण्डेले भट्टराई चढेको गाडिले दुई किलोमिटर परैबाट अगाडि जान हर्न दिएको भए पनि बस चलकले साइड नदिएको तर प्रहरीको स्कटिर्ङलाई साइड दिएको जानकारी दिए । त्यसपछि अगाडि बढ्दा असहज ढङगले पछाडिको भागमा गाडी ठोक्किएको र यसबाट भट्टराई चढेको गाडीको ढोका कुचिच्चएको उनले बताए ।
बस ठोक्किएपछि पाल्पा घर भएका बस चालक जीवन रानाले गाडीलाई दु्रत गतिमा अगाडि बढाएर भाग्ने प्रयास गरेका थिए । तर भट्टराईको सुरक्षमा रहेका जनसेनाले उक्त बस र चालकलाई नियन्त्रणमा लिई गजुरी इलाका प्रहरी कार्यालयमा बु´ाएका थिए । घटनाको प्रकृति संकास्पद रहेको भन्दै माओवादीले घटनाको छानविनको माग गरेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस