REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
छैठौ चरणको प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्ने विषयमा मधेसी मोर्चामा मतभेद
September 03 2010

काठमाडौ १८ भदौ । आगामि भदौ २० गते हुने प्रधामन्त्रीको छैठौ चरणको निर्वाचनमा मतदान गर्ने वा नगर्ने भन्ने विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा मतभेद देखिएको छ । रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले पछिल्लो समयमा पार्टी अध्यक्ष विजयकुमार गच्छदार र माओवादी अध्यक्ष प्रचण्डवीचको छलफल सकारात्मक रुपमा अगाडि बढेकोले माओवादीको पक्षमा मतदान गर्न सक्ने सम्भावन बढेर गएको बताउनु भयो । उहाँले भन्नु भयो- मोर्चाको आधारपत्रमा माओवादी सकारात्मक बन्दै गईरहेको छ । माओवादीले आधारपत्रमा सहमति गरे मोर्चाले तटस्थताको निर्णय बदलेर मतदान गर्न सक्छ । यद्यपि उहाँले शान्ति र संविधानलाई सुनिश्चित गर्ने गरी सहमतिको सरकार बनाउने हो भने प्रधानमन्त्रीका दुवै प्रत्यासीले उमेदवारी फिर्ता लिएर सहमतिकोलागी मार्गप्रसस्त गर्नु पर्ने धारणा राख्नु भयो । देवले भन्नु भयो-यसरी पटक पटक हार्दा पनि छैठौ चरणसम्मको निर्वाचनमा आउनु हुँदैनथ्यो । उमेदवारी फिर्ता लिनु पथ्र्यो । तर उहाँहरुले लिनु भएन त्यसैले मुलुकलाई अनिर्णयको बन्दी बनाउने उहाँहरु नै हो । मधेसी जनाधिकार फोरम नेपालका प्रवक्ता रत्नेश्वर लाल कायस्थले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा ब्यस्त रहेको जानकारी दिदै भदौ २० गते हुने प्रधानमन्त्रीको छैठौ चरणको निर्वाचनबाट मुलुकले प्रधानमन्त्री पाउने संभावना रहेको बताउनु भयो । उहाँले भन्नु भयो- छैठौ चरणको निर्वाचनबाट मुलुकले नयाँ प्रधानमन्त्री पाउनु पर्छ । सबै दलहरुले आ-आफ्नो अडानमा पुर्न विचार गरेर प्रधानमन्त्री बनाउनै पर्छ । तर सदभावना पार्टीका सह-अध्यक्ष एवम विनविभागिय मन्त्री लक्ष्मणलाल कर्णले भने अहिले सम्मको अवस्थामा मोर्चाले तटस्थ बस्ने निर्णय नफेर्ने बताउनु भयो । उहाँले माओवादीबाट आधारपत्रमा ठोस जवाफ आईनसकेकोले मोर्चा छैठौ चरणको निर्वाचनमा पनि तटस्थ नै बस्ने दावी गर्नु भयो । उहाँले भन्नु भयो- कसैलाई मतदान गर्ने आधार अहिलेसम्म तय भईसकेको छैन । उहाँले एमालेको तटस्थ बस्ने निर्णयका कारण नयाँ प्रधानमन्त्री चयन हुन नसकेको दावी गर्दै एमालेले तटस्थताको निर्णय वदले मुलुकले प्रधानमन्त्री पाउने दावी गर्नु भयो । तमलोपाका नेता जितेन्द्र सोनालले मोर्चाको निर्णयमा अहिलेसम्म फेरबदल नभएको भन्दै मोर्चा छैठौ चरणको निर्वाचनमा पनि तटस्थै बस्ने संभावना रहेको बताउनु भयो । उहाँले सिहदरवारमा फेरी अर्को फोटो झुण्ड्याउन कसैलाई पनि मोर्चाले मतदान नगर्ने स्पष्ट पार्नु भयो । सोनालले मोर्चा माओवादी एमाले र काग्रेसवीच सहमति भएमा भने मोर्चा तटस्थ नबस्ने स्पष्ट पार्नु भयो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.