रातभरी ब्यवसायी चलाउन नदिए आन्दोलन गर्ने
September 03 2010
काठमाडौ, १८ भदौ । भदौ १८ गतेलाई कालो दिनको रुपमा सम्झने रात्री कालिन मनोराजन ब्यवासायीहरुले शुक्रवार एक कार्यक्रमको आयोजना गरि रात्रि ब्यवसायमाथि रहेको प्रशासनको कुदृष्टिले ब्यवसाय संकटमा परेको गुनासो गरेका छन् ।
राजधानीमा अन्र्तकि्रया गरेर उनीहरुले रात्रिकालिन मनोराजन ब्यवसाय मुलुकको पर्यटन प्रर्वद्धन र राष्ट्रकोलागी राजस्वको प्रमुख स्रोत बन्दै गईरहेको अवस्थामा राज्यले ऐन कानून बनाएर नियमन गर्नुको साटो प्रहरी प्रशासनको मौखिक आदेशमा नियमन गर्न खोज्दा ब्यवसाय धरापमा परेको दावी गरे ।
कार्यक्रमा बोल्दै संघका प्रवक्ता सुवास पालुङले सरकारले सन २०११लाई पर्यटन वर्षको रुपमा मानउने तयारी गरिरहेको अवस्थामा यस ब्यवसायलाई यसरी गैरकानूनी रुपमा नियमन गर्न खोज्दा पर्यटन वर्ष सफल हुन नसक्ने दावी गरे ।
उनले भने- नेपाल आउने पर्यटककालागी मनोराजन दिने एकमात्र माध्यम रात्रिकालिन ब्यवसायमा रोकलागाएर पर्यटकलाई लामो समयसम्म नेपाल बसाईकालागी प्रेरित गर्न सकिदैन । यस्तो अवस्थामा कसरी पर्यटन वर्ष सफल हुन्छ
उनले पर्यटन वर्षलाई सफल बनाउँन रात्रिकालिन मनोराजन ब्यवसायलाई निर्वाध रुपमा रातभरी साचालन हुन दिनु पर्ने माग गरे । तर रातीको समयमा हुने अबािाछत कि्रयाकलाप भने प्रशासनले रोक्नु पर्ने र बिकृत रुपमा ब्यवसाय गर्नेहरुलाई कारवाही गर्नु पर्ने माग पनि गरे ।
उनले हजारौ अशिक्षित यूवा यूवतीलाई रोजागार दिएर राष्ट्रलाई टेवा दिईरहेको ब्यवसायमा रहेका केही बिकृतिलाई लिएर सबै ब्यवसायीहरुलाई एकै दृष्टिकोणबाट हेर्न नहुने सुझाव पनि दिए ।
संघले २०६५ साल भदौ १८ गते तत्कालिन गृहमन्त्री बामदेब गौतमले रात्रिकालिन ब्यवसायलाई राती ११ बजे पछि बन्द गर्न दिएको निर्देशनले ब्यवसाय धारासायी भएको सम्झनामा प्रत्येक वर्ष आजैको दिन कालो दिवसको रुपमा मनाउने गर्छन् । अन्र्तकि्रयामा संघका अध्यक्ष समिर गुरुङ सभासद राजकुमार नाल्बो अखिल नेपाल होटल तथा रेष्टुरेन्ट मजदुर संघका कोषाध्यक्ष पिताम्बर गौतम ट्रेड यूनियन काग्रेसका केन्द्रीय सदस्य विनोद कार्की लगायतकाले रात्रिब्यवसायलाई कानून बनाएर निर्वाध रुपमा साचालित हुन दिन सरकार सँग माग गरे ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस