आरोही मिङमा शेर्पाको किर्तिमानको तयारी
September 03 2010
काठमाडौ १८ भदौ । विश्वका ८ हजार मिटर अग्लो १४ मध्ये १३ बटा हिमालको सफल आरोहण गरिसकेका संखुवासभाका आरोहि मिङमा शेर्पा अन्तिम शिखर कन्चनजंघाको सफल आरोहण गरेर नेपालीको किर्तिमान कायम गर्ने सुरमा रहेका छन् ।
आगामि सिजनमा ८५८५ मिटर अग्लो सिखर कन्चनजंघाको आरोहण गरेर उनी दक्षिण एसीयाको पहिलो आरोही बन्ने सुरमा छन् । उनले यसअघि मनास्लु चोयू मकालु सिसा पाङमा ल्होत्से ग्यासर बर्म ब्रोड पीक सगरमाथा केटु अन्नपूर्ण धौलागिरि नागा पर्वत को सफल आरोहण गरिसकेका छन् । उनले आफ्नो किर्तिमानको क्रममा कन्चनजंघाको आरोहण गर्न लागेका हुन । तेह् शिखर आरोहणको क्रममा उनले एउटै सिजनमा अन्नपूर्ण धौलागिरि र नागा पर्वतको आरोहण गरेर किर्तिमानसमेत बनाईसकेका छन् ।
विश्वमा हालसम्म २२ जना आरोहीहरुले १४ बटा ८ हजार मिटर माथिको उचाईको हिमालको सफल आरोहण गरिसकेका छन् । भने एसीया महादेशबाट कोरियाका तीन जनाले आरोहण गरेछन् ।
शुक्रबार मिङमा सेर्पालाई हिम सिखर अरोहणमा सहयोग गर्दै आएको मकालु युथ क्लवले काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गरेर मिङमाले अभियानको सफलताको कामना गरयो ।
विश्वमा नेपाल र नेपालीको पहिचान स्थापित गर्न यस्तो कार्यमा लागेको आरोहि मिङमाले पत्रकार सम्मेलनमा बताएका छन् । १४ औ सिखरको रुपमा काचनजघाको आरोहण गरेमा किर्तिमान हुने जानकारी दिदै सहयोगी सस्था मकालु युथ क्लवले सबै सम्बन्धित पक्षलाई सक्दो सहयोगको लागि आग्रह गरेको ।
पर्यटकीय क्षेत्रको बिकासमा योगदान पुर् याउन हिमसिखर आरोहणले महत्वपुर्ण भुमिका निवार्ह गर्ने दबी गदै मुलुकको बिकास क्रमलाई सहयोग पुर् याृन पनि मिङमाको कार्यले सहयोग गर्ने मकालु क्लवका अध्यक्ष कामा छिरिङ शेर्पाले बताउनु भयो ।
कार्यक्रममा रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाले शेर्पा समूदायले नेपालको नाम राखेपनि राज्यले सो जातीलाई केही पनि गर्न नसकेको भन्दै सरकारले यस्ता किर्तिमानीहरुलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस