सभासद कार्कीलाई नियतवस फसाएको क्षेत्री राष्ट्रिय महासंघको दावी
September 03 2010
काठमाडौ १८ भदौ । प्रहरी निरिक्षक बनाई दिने नाममा घुस लिदा लिदै प्रकाउ परेका एमाले सभासद डोल बहादुर कार्की पक्राउ काण्डमा षडयन्त्र भएको दावी आदीवासी क्षेत्री राष्ट्रिय महासंघले गरेको छ । महासंघले आज पत्रकार सम्मेलन गरेर सभासद कार्कीलाई षडयन्त्रपूर्ण र नियोजित रुपमा फसाईएको दावी गरेको हो ।
पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सदस्यसमेत रहेका सभासद कार्कीलाई सरकारले स-सम्मान तुरुन्त रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिईएको थियो ।
महासंघले आफना सदस्य प्रकाउ परेपछि आन्तरिक छानविन गरि उनी निर्दाेष रहेको पाईएको तथ्यहरु पनि पत्रकार सम्मेलनमा प्रस्तुत गरेको थियो ।
महासंघका अध्यक्ष कालीदासबहादुर राउतद्धारा जारि गरिएको विज्ञप्तिमा भनिएको छ केहि दिन देखि स्वामीको डेरामा नियमित रुपमा राजनितिक दलका नेताहरु भेटघाटका लागि आउने गरेको र उनीहरुले नै स्वामी लाई उपचार खर्च भनि केहि रकम दिएको अनुसन्धान बाट पाईएको र भोलि पल्ट प्रहरीका असई राजकुमार राई हतार-हतार स्वामीको डेरामा प्रबेस गरि केहि रकम आफुले उपचारको लागि सिरानिमा राखेको भनि बाहिरिएको र त्यसको केहि समय पछि आठ नौ जनाको सख्यामा आएका ब्यक्तिहरुले स्वामीकै डेरामा रहेका सभासद कार्कीको कठालो समातेर स्वामीको कोठामा लगि घुस लिदालिदै रंगेहात सभासद प्रकाउ गरियो भनि नियोजित रुपमा योजनाबद्ध ठंगले प्रचार गरेको दावी गर्नु भयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस