नेपाली सेना र जनसेनाको भविष्यको सम्बोधन नगरिए परिणाम गम्भीर हुने - मुन
September 07 2010
काठमाडौ २३ भदौ । राष्ट्रसङ्घीय महासचिव वान की मुनले नेपाली सेना र माओवादी जनसेना दुवैको भविष्यको बारेमा तत्काल सम्बोधन नगरिए त्यसले गम्भीर परिणाम ल्याउने चेतावनी दिनुभएको छ । उहाँले वार्ता र सहमतिबाट शान्ति प्रकृयासँग जोडिएका सबै चुनौती समाधान गर्न पनि नेपालका सबै पक्षसँग अपील गर्नुभएको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गएराति नेपालसम्बन्धी प्रतिवेदन पेश गर्दै मुनले संविधानसभाको म्याद थपेपछि संवैधानिक संकट टरेपनि दलहरुको आन्तरिक मतभेद तथा सत्ता बाँडफाँडका कारण नेपालको शान्ति प्रकृयामा प्रगति हुन नसकेको बताउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस