REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
सभासद्को घरमा बम विष्फोट
September 07 2010



काठमाडौ २३ भदौ । सविधानसभाका सदस्य मोहम्द इस्तीयाक राई बस्दै आएको बाँकेको जयसपुर ६ स्थित एक घरमा अज्ञात् समूहले बम बिस्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी विनोद घिमिरेका अनुसार सभासद्का भिनाजु मोहम्द अयुग राईको नाममा रहेको घर अगाडि सुतली बम विस्फोट गराइँदा च्यानल गेट र छेउमै राखेको एक भारतीय यूपी ७८ एजी २१२२ नम्बरको कारमा सामान्य क्षति पुगेको छ । बम विष्फोटको आवाज सुनेर छतमा सुतिरहेका छिमेकी २५ वर्षका मोहम्मद अहमद राई छतबाट खसेर घाइते भएका छन् ।
विष्फोटको अहिलेसम्म कुनै समूहले आधिकारिक रुपमा जिम्मेवारी लिएको छैन । सभासद् राई मधेसी जनअधिकार फोरम नेपालको बाँके क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको हो । केही दिनअघि मात्र जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीले मधेसवादी दलहरुले मधेसका मुद्दा बिसे्रर माओवादीसँग मिलोमतो गर्न लागेकाले जनकारवाही गर्ने चेतावनी दिएको थियो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.