भोटेकोशीमा खसेको बसको खोजी र शवको उद्धारका लागि ७ वटा र्याफ्टिङ परिचालन
September 07 2010
काठमाडौ २३ भदौ । सिन्धुपाल्चोकको तातोपानीबाट सोमबार यात्रु लिएर बाह्रबीसेतर्फ आउँदै गर्दा भोटेकोशी नदीमा खसेर बेपत्ता भएको यात्रुबाहक बस र शवको खोजीका लागि ७ वटा र् याफ्टीङ परिचालन गरिएको छ । नदीमा पानीको सतह बढेका कारण बस नदीको कुन भागमा डुबेको छ भन्ने कुरा अझै पत्ता लाग्न नसकेपछि र् याफ्टीङको सहायताले नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले आज बिहानैबाट खोजी कार्य सुरु गरेको प्रहरी नायब उपनिरीक्षक चिराजीवी दाहालले जानकारी दिनुभएको छ । बस खस्दा बेपत्तामध्ये ५ जनाको शव भेटिएको छ भने दुर्घटनामा काभ्रे दोलखा र सिन्धुपाल्चोकका गरि २२ जना अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने कुराको यकिन तथ्य पत्ता लाग्न सकेको छैन । तीब्र गतिमा आइरहेको बा २ ख ४०१३ नम्बरको बस यात्रुबाहक बस सडकको खाल्डोलाई छल्ने क्रममा अनियन्त्रित भई गाती गाविस-९को ढुङ्गाखानी भन्ने स्थानबाट भोटेकोशी नदीमा खसेको थियो । चालक सहचालक र अन्य दुई यात्रुहरु पौडिएर बाँच्न सफल भएको छन् । प्रत्यक्षदर्शीहरुका अनुसार बस भीरबाट नदीमा खस्दा टुक्रा-टुक्रा भएको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस