सिन्धुपाल्चोकमा पहिरोमा परि बेपत्ता चार मध्ये दुईको शब फेला
September 08 2010
काठमाडौ २३ भदौ । सिन्धुपाल्चोक जिल्लाको माङखा गाविस वडा नम्बर १ टोप्कामा गाउँमा गएराति आएको पहिरोले गोपाल कार्कीको घर भत्काउँदा कार्कीसहित बेपत्ता भएका ४ जनामध्ये २ जनाको शव भेटिएको छ । भेटिएका शवहरुमा गोपालका ५० वर्षकी आमा पद्म कार्की र ४ वर्षका छोरा राजन कार्की रहेको प्रहरी नायव उपनिरीक्षक चिराजीवी दाहाले जानकारी दिनुभयो । गोपाल कार्की र उनका माइला बुबा भक्तबहादुर कार्की भने बेपत्ता नै रहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेलॆ जनाएको छ । घाइते सालो सरोज तिमल्सीनाको काभ्रेको धुलिखेलमा रहेको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस