अमेरिकाद्वारा नयाँ प्रधानमन्त्री चयन प्रकि्रया जारी राख्न सुझाव
September 08 2010
काठमाडौं २३ भदौ । अमेरिकाले नेपालमा नयाँ प्रधानमन्त्री चयनको प्रयास जारी राख्न दलहरुलाई सुझाव दिएको छ ।
प्रधानमन्त्री चयन गर्न नसकेपछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता पी जे क्राउलेले नयाँ प्रधानमन्त्री निर्वाचित नभएसम्म प्रयास जारी राख्न सुझाव दिनु भएको बीबीसीले उल्लेख गरेको छ । प्रवक्ता क्राउलले दलहरुबीच जारी गतिरोध छिटो अन्त्य गर्न आग्रह गर्दै सम्वादमार्फत सहमति खोज्न पनि सुझाव दिनुभएको छ ।
उहाँले नेपाली संसदले पटक-पटकसम्म पनि प्रयास गर्दा प्रधानमन्त्री चयन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै शान्ति प्रकि्रयालाई टुंगोमा पुर् याउन र समयमै संविधान निर्माण गर्ने दायित्व दलहरुकै काँधमा रहेको उल्लेख गर्नुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस