पुर्व पश्चिम राजमार्गमा ट्रक लुटियो
September 09 2010
काठमाडौ २४ भदौ । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डअन्र्तगत नवलपरासीको डण्डा र चोरमारा बीचको चालिस किलोमिटरबाट ट्रक चालकसहित दुई जना आज बिहान लुटिएका छन् । नारायणगढबाट भैरहवा जादै गरेको ना २ ख २१८८ नम्बरको खाली ट्रकमा गैडाकोटबाट चढेका दुई जना युवकले जंगलमा ट्रक रोक्न लगाई पेस्तोल देखाएर ट्रक चालक दीपक बर्तौलाबाट पाँच हजार पाँचसय नगद एक थान मोबाईल सेट र ट्रकमा सवार बलबहादुर थापासँग १५ सय रुपैया लुटपाट गरेकॊ ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । लुटेराहरु जङगल तिर भागेको आशंका गरिए पनि प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । तर लुटेराहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस