शुशिल क्याम्पको महामन्त्री प्रकाशमान, सुजाता रुष्ट
September 09 2010
काठमाडौ २४ भदौ । आगामि बाह्रौ महाधिवेसनमा सभापति पदमा उमेदवारी घोषणा गर्नु भएका कार्यबाहक सभापति शुशिल कोइरालाले अन्ततः आफ्नो प्यानलको महामन्त्री चयन गर्नु भएको छ ।
कोइरालाको प्यानलमा महामन्त्रीका दावेदार रहेका कृष्णप्रसाद सिटौला डा रामशरण महत सुजाता कोइराला अर्जुननरसिह केसी र प्रकासमान सिह मध्येबाट सिहलाई महामन्त्रीमा चयन गर्नु भएको हो ।
बिहीबार साँझ कोइरालासहित महामन्त्रीका दावेदारहरुवीचको छलफलमा कोइरालाले सिहलाई आफ्नो प्यानलको महामन्त्री चयन गर्नु भएको हो । यद्यपि सिहको छनौटलाई कोइराला क्याम्पले तत्काल सार्वजनिक नगर्ने भएको छ ।
आजको छलफलमा कोइरालाले सुजातालाई महामन्त्रीमा उमेदवारी नदिन आग्रह गरेको भए पनि उहाँले कोइरालाको प्रस्तावलाई अस्विकार गरि दिनु भएको थियो ।
स्रोतका अनुसार सुजाताले आफूले धेरै त्याग गरेको र आफ्नो पक्षमा माहौल पनि अन्य भन्दा राम्रो भएकोले आफूलाई आधिकारिक उमेदवार बनाउनु पर्ने धारणा राख्नु भएको थियो । तर सभापतिका उमेदवार कोइरालाले सुजाताको कुरालाई नकारे पछि सुजाता आफूले उमेदवारी दिने घोषणा गर्दै छलफलबाट बाहिरिनु भएको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस