अनमिन प्रमुखको रिपोर्टिङप्रति प्रधानमन्त्रीको आक्रोस
September 09 2010
काठमाडौ २४ भदौ । नेपाली सेनाको अनुगमनको कार्यादेश हटाईए नेपालमा अनमिनको औचित्य सकिने भन्दै अनमिन प्रमुख करिन लेनग्रेनले राष्ट्रसंघीय मुख्यालयमा गरेको रिपोर्टिङलाई लिएर प्रधानमन्त्री माधवकुमार नेपाल आक्रोसित हुनु भएको छ ।
आज संयूक्त राष्ट्रसंघ स्थायी सदस्य राष्ट्रका राजदुतहरुसँगको भेटवार्तामा प्रधानमन्त्रीले त्यस्तो आक्रोस पोख्नु भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनु भयो । भेटमा प्रधानमन्त्रीले अनमिन प्रमुखको रिपोर्टिङ नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने खालेको र नेपालको छवि धुमिल बनाउने खालको भएको भनि आक्रोस पोख्नु भएको थियो ।
भेटमा राजदुतहरुले भने माओवादी र सरकारले अलग अलग आसयको पत्र पठाउदा अन्यौलता सँगै नेपालको शान्ति प्रकि्रयालाई सहयोग गरिरहेकाहरुमा चिन्ता बढाएको भन्दै प्रधानमन्त्रीलाई सहमतिमा कुरा मिलाउन सुझाव दिएका थिए ।
उनीहरुले अहिलेको छुट्टा छुट्टै पत्र र विवादले नेपालको छवी अन्तर्राष्ट्रिय स्तरमा विगारेको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई तत्काल सहमतिकोलागी छलफल थाल्ने समेत सुझाव दिएका थिए ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस