एकता र पहिचानका लागि पर्वहरु आबश्यक रहेको राष्ट्रपतिको भनाई
September 09 2010
काठाडौं २५ भदौ । राष्ट्रपति डा।रामवरण यादवले मुस्लिम धर्मावलम्बीको महान् पर्व इद-उल फितरको अवसरमा शुभकामना सन्दशे दिनु भएको छ । हाम्रा सबै चाडपर्व वेशभूषा संस्कृति र परम्परा राष्ट्रका अमूल्य निधि भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको कर्तव्य भएको राष्ट्रपतिले सन्दशेमा भन्नु भएको छ । राष्ट्रपतिले राष्ट्रिय एकता र पहिचानभित्र रही सम्पूर्ण नेपाली-नेपालीबीचको आपसी मेलमिलाप सद्भाव सहयोग र सहिष्णुता अभिवृद्धि गर्न यस्ता पर्वको ठूलो महत्व रहेको बताउनुभएको छ । त्यस्तै उपराष्ट्रपति परमानन्द झाले पनि विज्ञप्ती निकाली देशविदेशमा बस्ने सम्पूर्ण इस्लाम धर्माबलम्बी दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले भाषाभाषीको संरक्षण र सम्बद्र्धनमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । इदका अवसरमा सन्दशे दिदै प्रधानमन्त्रीले सदियौँदेखि चलिआएको धार्मिक सहिष्णुता र एकअर्काको धर्मको सम्मान गर्नु हामी नेपालीको महत्वपूर्ण विशेषता हो भन्नु भएको छ । आजको यस दिनले सबै नेपालीबीचमा भाइचाराको सम्बन्ध विकास गराउने अपेक्षा गरेको छु -उहाँले सन्देशमा भन्नुभएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस