लोकतन्त्र रक्षाका लागि काङ्ग्रेस मत दिनुपर्छः रक्षामन्त्री
September 09 2010
काठमाडौ २५ भदौ । रक्षामन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारीले नेपाली काङ्ग्रेसलाई मत दिई लोकतन्त्रको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । मन्त्री भण्डारीले एकीकृत नेकपा माओवादी नेतृत्वको सरकार एमालेलाई मान्य नहुने समेत स्पष्ट पार्नुभयो । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा रक्षामन्त्री भण्डारीले नेकपा एमाले तटस्थ बस्दा पूर्व राजा र एकीकृत नेकपा माओवादीलाई फाईदा पुगेको बताउनुभयो । समयमा बजेट ल्याउन नसकेमा मुलुकमा गम्भिर खतरा निम्तने मन्त्री भण्डारीले बताउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस