REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

आर्थिक समाचार
तीन वर्षमा ३५ लाख फोन बाँड्छौं
March 09 2007

सुगतरत्न कंसाकार, प्रबन्ध निर्देशक नेपाल

अर्थवार्ता

- टेलिकमले मोबाइल किन नबाँडेको ?

बाँडिरहेका छौं । एकैचोटि ठूलो माग आएको छ । तर, त्यो माग पूरा गर्ने क्षमता हामीसँग कम छ । क्षमता कम भएकाले यस्तो भएको हो । अहिले हामी प्रविधि विस्तारमा सक्रिय छौं ।

- कहिलेसम्म सकिन्छ त प्राविधिक काम ?

काम त भई नै रहन्छ । पि्रपेड र सिडिएमएको माग उपत्यकामा भन्दा बाहिर बढी छ । १० वर्षभित्र सिडिएमए प्रविधिलाई हरेक गाविसमा पुर्‍याउने हाम्रो लक्ष्य छ । यद्यपि अबको ३ वर्षभित्र ३५ लाख फोन बाँड्ने लक्ष्यसहित टेलिकमले काम गरिरहेको छ ।

- तर, सिडिएमए मोविलिटी र तवीकरणको विबाद बढ्दै छ नि ?

हो, यो विवादलाई केही सञ्चारमाध्यमले उठाइरहेका छन् । वास्तविकता अलि फरक छ । रोयल्टीको कुरा निजी क्षेत्रका सस्थ्ाासँग्ा दाँजेर सरकारी स्व्ाामित्वको संस्थासँग लिनु सान्दर्भिक हुँदैन । टेलिकमले आम उपभोक्ताको मागलाई ध्यानमा राखेर चाँडोभन्दा चाँडो अधिकतम प्रविधिको निर्माणमा लाग्न आवश्यक छ । यसकारण आर्थिक व्ययभार व्यवहारिक कारणले पनि टेलिकम त्यो रोयल्टी तिर्न सक्दैन र यसमा प्राधिकरणले विचार गर्नेछ भन्ने मलाइ लाग्छ । अर्को सिडिएमए मोविलिटीको जुन कुरा छ, त्यो चाँडै हुन्छ ।

- यसको निजीकरण प्रक्रिया किन रोकियो ?

यो सरकारी स्वामित्वका कम्पनीमध्येको नाफामुलक र सेवामुखी संस्था हो । यसको निजीकरणको प्रक्रिया टेलिकम बोर्डबाट नभई मन्त्रिपरिषद्को निर्णयबाट हुने कुरा हो । यसको निजीकरण प्रक्रिया पूरा गर्न धेरै विषयमा सोच्नु आवश्यक छ । त्यसकारण यो हामीभन्दा सरकारमा निर्भर छ ।

- युद्धमा ध्वस्त भएका क्षेत्रमा कहिलेसम्म सेवा पुर्‍याउनुहुन्छ ?

ती क्ष्ेात्रमा यस आर्थिक वर्षभित्र पुर्‍याउने लक्ष्य लिएका छौं । अधिराज्यभर पुनर्निमार्णका लागि ७० करोडभन्दा बढी रकम लाग्ने अनुमान छ ।

- अहिलेसम्म सेयर बाँडिएको छैन नि ?

यसका लागि अर्थ मन्त्रालयको निजीकरण इकाइले काम गर्दैछ । सरकारले १५ प्रतिशत सेयर निष्कासन गर्न गरेको निर्णयअनुसार केही समयपछि ५ प्रतिशत कर्मचारीलाई र १० प्रतिशत सर्वसाधारणलाई वितरण हुन्छ ।

-नयाँ प्रविधि पनि ल्याउनुहुन्छ कि ?

पक्कै पनि यो सोच हामीसँग छ । नयाँ प्रविधि भित्र्याउने तयारीमा छौं । जसअनुसार साधारण फोनमा पनि टिभी च्यानल, इन्टरनेट तथा भ्वाइस च्यानल रहने छन् । जसलाई टि्रपल सिस्टम भन्ने गरिन्छ । नेपालका मध्यमवर्गीय उपभोक्तालाई ध्यानमा राखी यो प्रविधि भित्र्याउन प्रयासरत छौं ।

प्रस्तुतिः केदार भट्टराई

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.