
कुनै पनि क्षण
कुनै पनि घटना घट्न सक्छ
मैले घटनालाई
दुघटनाको रूपमा बुझ्ने गरेको छु,
दुघटना नियोजित हु"दैन
यो आकस्मिक हुन्छ
दुघटनामा परेपछि
आफ्नै विश्वास अविश्वसनीय बन्न पुग्छ
यस्तो धेरैपटक भएको छ,
अखबारमा छन्
घटना श्रृङ्खला
ती सबै दुघटित इतिहासका साक्षी बनेका छन्
देशको नाममा खाइएको सपथ
संसद्मा पुगेर बेवारिस बन्ने गरेको छ
संसद्मा पुगेर थन्किएका छन्
दुघटनाका सबैसबै मिसिल,
संसद्मा
अन द रेकर्ड छ सबै घटना,
हतियार व्यवस्थापनको अभिलेख
हतियार उन्मादको भिडियो रेकर्ड
दिनदिनै भेटिने
बेवारिस लासको फोटो
र, मौसमी भविष्यवेत्ताहरूको अडियो क्यासेट
क्रमशः
यस्ता नया" दुघटनाहरू
पुरानो हुने गरी दोहोरि"दै छन्,
सबैले सुनेका छन् समाचार
सबैले हेरेका छन् टेलिभिजन
सबैले पढेका छन् अखबार,
हामी
समाचार सुन्नु, समाचार हेर्नु
अथवा, घटना देख्नुको
सबैसबै दुघटनाहरू भोगिरहेछौ",
तपाई" अब
कही" देख्नुहुन्न-
हड्ताल, जुलुश, धर्ना
नाराबाजी, हुलुहुज्जत
र, आरोप-प्रत्यारोपको घटना
यी सबै
दर्ुघटनाजस्ता बनेका छन्,
सबैसबै घटना
दुघटना बनेपछि
आफ्नै शरीरको घाउ
आपै"mलाई दुख्दो रहेनछ,
हो त नि
घाउलाई घाउ दुख्दैन ।