
पुस्तक चर्चा
पकनाजोलदेखि पाटनढोकासम्मका किताब पसलमा एउटै डोरीमा झुण्डाइएका छन् 'लोलिता', 'करोडपति कसरी बन्ने -' 'माई लाइफ', 'रक्तकुण्ड' । ती किताबमा मलाई त्यति चाख छैन । ती किताब पढेकोमा गौरबबोध छैन । तथाकथित अबौद्धिक या अपठित भइने सन्त्रास पनि छैन ।यति हु
"दाहु"दै पनि भव्य किताब महलमा रक्तकुण्डस"गै र्'इश्वरको अदालतमा आउटसाइडरको बयान' राखिनुको तार्त्पर्यचाहि" मैले बुझेको छैन । मलाई थाहा छ, रक्तकुण्ड कर्पोरेट कित्ताको किताब हो । रक्तकुण्ड संक्रमणकालमा फुटपाथले देखेको नवधनिक र डिकोरम बन्ने आदिवासी सपना पनि हो । रक्तकुण्ड मार्का लेखक थुप्रै सलिमा थापाहरु जन्माउ"छन् । र, सलिमा थापाहरु भूतपूव युवराज दीपेन्द्रका नक्कली या सक्कली प्रेमपत्रको व्यापारमा अभिशप्त छन् ।'.....आउटसाइडरको बयान'को आवरणमा लेखिका स्वयंको चकलेटी तस्बिर सजाइएको छ । उनको क्लोजअपमा रानीरंग पोखिएको छ । अझ सेतो विन्दिया र तीन दाना तीलकोठी सुहाएका छन् । एक हिसाबले र्सार्थक छ निबन्धकारको सौर्न्दर्य । मैले काठमान्डूका सडकमा सिंगै एक दसक राउटे शैलीको जीवन बिताइसकेको रहेछु । बा
"च्नेबाहेक कुनै उपल्लो आकांक्षा नराखीकन । सामान्य लेखपढ गर्न सक्ने कमिला कदको मलाई थुप्रैले आप\mना पहिलो, दोस्रो या तेस्रा किताबका समीक्षाका निम्ति फरमाइस गरिरहन्छन् । त्यस्ता फरमाइस अप्रिय लाग्दैन । तर, माधवप्रसाद पोखरेलको गार्गीको गा"ठो फुकाउने साहस अझै गरेको छैन ।मोमिलाका बारेमा केही हरफ लेख्ने अव्यक्त आकांक्षा मसित सदैव छ । तर, ....आउटसाइडरका बारेमा लेखिहाल्ने सोचाइ थिएन । सायद कर्पोरेट किताब नहुनुको प्रमाण, त्यसमा संकलित निबन्ध अखबारजस्तो सजिलो लागेन । बहुमत साहित्यिकका दृष्टिमा अखबार र साहित्य उस्तै उस्तै हुन् आजभोलि । त्यसैले अखबारमा लेख्न, छापिन र पढ्न भुतुक्कै हुन्छन् ।
'......आउटसाइडरको बयान' को शिरपुच्छर केलाएपछि दुगाप्रसाद भण्डारीको एउटा सुगरकोटेड शब्दले मलाई अप्रभ्ाावित बनाइरहन सकेन । उनले मोमिलाको निबन्धकारलाई 'रिवेल' घोषणा गरेका रहेछन् । त्यसपछि म मोमिलाको रिवेल हुलिया चिन्ने चिन्तनामा लागेछु । असामाजिक एवं असांस्कृतिक एवं पीडा र अ
"ध्यारो प्रेममा चर्ुर्लुम्मै डुबेकी रिवेल खोज्दाखोज्दै एक बिहान शनिबार बितेछ ।नेपालमा निबन्ध त्यति लोकप्रिय विधा होइन । अधिकांश साहित्यकारहरु कवितामै 'मोडलिङ' गराउ
"छन् । कवितामा नियन्त्रण राख्ने मोमिलाले १६ थान निबन्धलाई नाम दिएकी छन्, 'इश्वरको अदालतमा आउटसाइडरको बयान ।' सम्बोधनलाई पनि सम्बोधन गर्न सक्ने हस्ताक्षर रहेछ उनको । कामुक अनुहारका तर कमसल कविता लेख्ने कवयित्रीहरुको जुलुसमा मोमिलाको पाप मन पराउने घोषणा छ । निबन्धहरुमा मोमिला प्रेमी आर्किटेक्ट जस्तो अनुभव भयो । उनले सोझै भनेकी छन्- 'मलाई थाहा छ, तिमी प्रेमी हौं तर मित्र होइनौं । तिमी एक झिल्का खुसीका लागि उन्नान्सय झट्का पीडा दिन्छौं ।''मोक्षयात्रामा तिमी र म' शीष्ाक निबन्धमा उनले आफूलाई भुवन ढुंगानाको भावुक बौद्धिकता र मञ्जु का
"चुलीको बौद्धिक कोमलताको दोभानमा राखेकी छन् । मोमिला लेख्छिन्- 'फेरि एउटा मान्छेबाट मुक्ति मिल्दैमा प्रेमबाट मुक्ति कहा" मिल्दो रहेछ र †यिनै नजुरकेो मुक्तिको बन्धनजस्तै आफैस"ग जुवा खेलेर आफै दाउमा फसेजस्तो छ । आपै+mबाट आफूबेगर आफै किनार भएजस्तो छ ।'मोमिलाका निबन्ध अथाह अनुभूतिका गुजुल्टा हुन् । जथाभावी जीवन घिसार्दै हि
"डिएका असामयिक यात्राहरु हुन् । हु"दाहु"दै पनि उल्लासमय आवाजमा उनले आफू अधुरो रहेको स्वीकार गरेकी छन् । मोमिलाका मनोलहर अर्द्धदार्शनिक प्रवाहमा छन् । कतिपय प्रेमपत्रजस्ता लाग्छन् । ऐकान्तिक र मृत्युलाई सुन्दर बनाउने आकांक्षाहरु गहिरा छन् ।मोमिलाले अतीतमुखी वेदना यसरी छताछुल्ल पारेकी छन्- 'आप
\mनो लेखनीमा मैले मलाई नै वास्तविक लेखकीय न्याय दिन सके" जस्तो लाग्दैन । आफैप्रतिको सहानुभूतिका विरुद्धमा संर्घष् गर्न सकिरहेकै छैन । मेरै इतिहास अस्वीकृत गरेर वर्तमान हि"ड्न सकिरहेको छैन ।' जीवन यस्तो नाटक हो, जसको दोहोर्याएर मञ्चन हु"दैन । त्यसैले प्रत्येक पलक्षण महत्वपर्ूण्ा छन् । पागल समय र आफू निर्ममतापर्ूवक एक्लाएक्लै रहेको असामान्य अनुभूति सत्यको अर्को पाटो हो ।मोमिला आप
\mनो जीवनलाई दुघटित मान्छिन् । दर्ुघटित जीवनका प्यार्टनहरु पक्कै अरोचक हु"दैनन् । तर, उनले आप\mनो गद्यशक्ति बहुसंख्यक पाठकको सुविधामा उपयोग गरेजस्तो लाग्दैन । मोमिलाको काव्यिक विन्यास आकर्ष त छ तर लामा पदावली एवं निबन्ध पाठकीय धैयमा चुनौती बन्न सक्छन् । मोमिलाहरुलेे अखबारी शैलीको सिको गर्दै गद्य लेख्न थाले भने निबन्ध पनि लोकप्रिय साहित्य बन्न सक्छन् । त्यतिखेर जीवनविरोधी धूनलाई मृदु मान्ने मोमिलालाई रिवेल भन्न पनि सकिनेछ । अस्तित्वको फेसन डिजाइन गर्न अघि बढेकी मोमिलालाई इश्वरबल्लभ, इन्द्रबहादुर र्राईहरुका अति जटिलताबाट उन्मुक्ति त चाहिन्छ नै ।rajkumarbaniya@gmail.com