REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

साहित्य
मोमिलाको रिवेल डिजाइन
March 19 2007

राजकुमार बानिया"

पुस्तक चर्चा

पकनाजोलदेखि पाटनढोकासम्मका किताब पसलमा एउटै डोरीमा झुण्डाइएका छन् 'लोलिता', 'करोडपति कसरी बन्ने -' 'माई लाइफ', 'रक्तकुण्ड' । ती किताबमा मलाई त्यति चाख छैन । ती किताब पढेकोमा गौरबबोध छैन । तथाकथित अबौद्धिक या अपठित भइने सन्त्रास पनि छैन ।

यति हु"दाहु"दै पनि भव्य किताब महलमा रक्तकुण्डस"गै र्'इश्वरको अदालतमा आउटसाइडरको बयान' राखिनुको तार्त्पर्यचाहि" मैले बुझेको छैन । मलाई थाहा छ, रक्तकुण्ड कर्पोरेट कित्ताको किताब हो । रक्तकुण्ड संक्रमणकालमा फुटपाथले देखेको नवधनिक र डिकोरम बन्ने आदिवासी सपना पनि हो । रक्तकुण्ड मार्का लेखक थुप्रै सलिमा थापाहरु जन्माउ"छन् । र, सलिमा थापाहरु भूतपूव युवराज दीपेन्द्रका नक्कली या सक्कली प्रेमपत्रको व्यापारमा अभिशप्त छन् ।

'.....आउटसाइडरको बयान'को आवरणमा लेखिका स्वयंको चकलेटी तस्बिर सजाइएको छ । उनको क्लोजअपमा रानीरंग पोखिएको छ । अझ सेतो विन्दिया र तीन दाना तीलकोठी सुहाएका छन् । एक हिसाबले र्सार्थक छ निबन्धकारको सौर्न्दर्य । मैले काठमान्डूका सडकमा सिंगै एक दसक राउटे शैलीको जीवन बिताइसकेको रहेछु । बा"च्नेबाहेक कुनै उपल्लो आकांक्षा नराखीकन । सामान्य लेखपढ गर्न सक्ने कमिला कदको मलाई थुप्रैले आप\mना पहिलो, दोस्रो या तेस्रा किताबका समीक्षाका निम्ति फरमाइस गरिरहन्छन् । त्यस्ता फरमाइस अप्रिय लाग्दैन । तर, माधवप्रसाद पोखरेलको गार्गीको गा"ठो फुकाउने साहस अझै गरेको छैन ।

मोमिलाका बारेमा केही हरफ लेख्ने अव्यक्त आकांक्षा मसित सदैव छ । तर, ....आउटसाइडरका बारेमा लेखिहाल्ने सोचाइ थिएन । सायद कर्पोरेट किताब नहुनुको प्रमाण, त्यसमा संकलित निबन्ध  अखबारजस्तो सजिलो लागेन । बहुमत साहित्यिकका दृष्टिमा अखबार र साहित्य उस्तै उस्तै हुन् आजभोलि । त्यसैले अखबारमा लेख्न, छापिन र पढ्न भुतुक्कै हुन्छन् ।

'......आउटसाइडरको बयान' को शिरपुच्छर केलाएपछि दुगाप्रसाद भण्डारीको एउटा सुगरकोटेड शब्दले मलाई अप्रभ्ाावित बनाइरहन सकेन । उनले मोमिलाको निबन्धकारलाई 'रिवेल' घोषणा गरेका रहेछन् । त्यसपछि म मोमिलाको रिवेल हुलिया चिन्ने चिन्तनामा लागेछु । असामाजिक एवं असांस्कृतिक एवं पीडा र अ"ध्यारो प्रेममा चर्ुर्लुम्मै डुबेकी रिवेल खोज्दाखोज्दै एक बिहान शनिबार बितेछ ।

नेपालमा निबन्ध त्यति लोकप्रिय विधा होइन । अधिकांश साहित्यकारहरु कवितामै 'मोडलिङ' गराउ"छन् । कवितामा नियन्त्रण राख्ने मोमिलाले १६ थान निबन्धलाई नाम दिएकी छन्, 'इश्वरको अदालतमा आउटसाइडरको बयान ।' सम्बोधनलाई पनि सम्बोधन गर्न सक्ने हस्ताक्षर रहेछ उनको । कामुक अनुहारका तर कमसल कविता लेख्ने कवयित्रीहरुको जुलुसमा मोमिलाको पाप मन पराउने घोषणा छ । निबन्धहरुमा मोमिला प्रेमी आर्किटेक्ट जस्तो अनुभव भयो । उनले सोझै भनेकी छन्- 'मलाई थाहा छ, तिमी प्रेमी हौं तर मित्र होइनौं । तिमी एक झिल्का खुसीका लागि उन्नान्सय झट्का पीडा दिन्छौं ।'

'मोक्षयात्रामा तिमी र म' शीष्ाक निबन्धमा उनले आफूलाई भुवन ढुंगानाको भावुक बौद्धिकता र मञ्जु का"चुलीको बौद्धिक कोमलताको दोभानमा राखेकी छन् । मोमिला लेख्छिन्- 'फेरि एउटा मान्छेबाट मुक्ति मिल्दैमा प्रेमबाट मुक्ति कहा" मिल्दो रहेछ र † यिनै नजुरकेो मुक्तिको बन्धनजस्तै आफैस"ग जुवा खेलेर आफै दाउमा फसेजस्तो छ । आपै+mबाट आफूबेगर आफै किनार भएजस्तो छ ।'

मोमिलाका निबन्ध अथाह अनुभूतिका गुजुल्टा हुन् । जथाभावी जीवन घिसार्दै हि"डिएका असामयिक यात्राहरु हुन् । हु"दाहु"दै पनि उल्लासमय आवाजमा उनले आफू अधुरो रहेको स्वीकार गरेकी छन् । मोमिलाका मनोलहर अर्द्धदार्शनिक प्रवाहमा छन् । कतिपय प्रेमपत्रजस्ता लाग्छन् । ऐकान्तिक र मृत्युलाई सुन्दर बनाउने आकांक्षाहरु गहिरा छन् ।

मोमिलाले अतीतमुखी वेदना यसरी छताछुल्ल पारेकी छन्- 'आप\mनो लेखनीमा मैले मलाई नै वास्तविक लेखकीय न्याय दिन सके" जस्तो लाग्दैन । आफैप्रतिको सहानुभूतिका विरुद्धमा संर्घष् गर्न सकिरहेकै छैन । मेरै इतिहास अस्वीकृत गरेर वर्तमान हि"ड्न सकिरहेको छैन ।' जीवन यस्तो नाटक हो, जसको दोहोर्‍याएर मञ्चन हु"दैन । त्यसैले प्रत्येक पलक्षण महत्वपर्ूण्ा छन् । पागल समय र आफू निर्ममतापर्ूवक एक्लाएक्लै रहेको असामान्य अनुभूति सत्यको अर्को पाटो हो ।

मोमिला आप\mनो जीवनलाई दुघटित मान्छिन् । दर्ुघटित जीवनका प्यार्टनहरु पक्कै अरोचक हु"दैनन् । तर, उनले आप\mनो गद्यशक्ति बहुसंख्यक पाठकको सुविधामा उपयोग गरेजस्तो लाग्दैन । मोमिलाको काव्यिक विन्यास आकर्ष त छ तर लामा पदावली एवं निबन्ध पाठकीय धैयमा चुनौती बन्न सक्छन् । मोमिलाहरुलेे अखबारी शैलीको सिको गर्दै गद्य लेख्न थाले भने निबन्ध पनि लोकप्रिय साहित्य बन्न सक्छन् । त्यतिखेर जीवनविरोधी धूनलाई मृदु मान्ने मोमिलालाई रिवेल भन्न पनि सकिनेछ । अस्तित्वको फेसन डिजाइन गर्न अघि बढेकी मोमिलालाई इश्वरबल्लभ, इन्द्रबहादुर र्राईहरुका अति जटिलताबाट उन्मुक्ति त चाहिन्छ नै ।

rajkumarbaniya@gmail.com

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.