
लोकन्थलीमा गजल
'विचार नै हो तिमो शत्रु हो' भने यूजी कृष्णमूर्तिले आफ्नो एक अन्तर्वार्त्ता । त्यही दुःख वा सन्ताप भोग्दैछन् नेपाली कवि-लेखक वा स्रष्टा । यी छलफल गर्न गत मार्च सत्रमा हामी भेला भयौँ गीतकार राजेन्द्र थापाको निवासमा । तीन चार, एक दुइका गरेर भव्य-भव्य गजल सुनाए उनले । हामी पालै-पालो गजलका साथमा कोही मधु, मद र मध्यम खालका पेय पदार्थ पिइरहका थियौँ उनको निवास लोकन्थलीमा ।
त्यो मधुरणीय क्षणमा हामी यसरी थियौँ त्यहाँ महिलाबाट उषा शेरचन, सुस्मिता नेपाल, विन्दू सुवेदी र एक सञ्चारकर्मी गजलका तर्फाट ज्ञानुवाकर पौडेल, ललिजन रावल, गोवर्द्धन पूजा, सरु कली र उनकी सहेली । बा
"की वरिष्ठमा राजेन्द्र थापाले मानेका यादव खरेल, अभि सुवेदी, वैरागी काइँला, नगेन्द्रराज शर्मा, रोचक घिमिरे थिए भने कार्यक्रमका नेपथ्यकार महेश प्रर्साईं र उनका थप दुइ साथी । राजनीतिक वृत्तबाट चिनिने हाम्रा गजलकार विजय सुब्बा ।कवि मञ्जुल, फोटोकवि कुमार आले र देवेन्द्र भट्टर्राई पहिल्यैदेखि जमेर बसेका भए पनि जयदेव भट्टर्राई र म पुग्दा माहौल गजलमय भइसकेको चैँ थिएन । यद्यपि महेश प्रसाइँले डा.अभि सुवेदीलाई बोल्न आग्रह गरेकै क्षण गीतकार थापाका नयाँ गजल सुन्ने आग्रह राखियो । र, त्यसपछि त्यो क्रम शुरु भयो ।
गजल चल्दै गर्दाका क्षणमा मैले ललिजन रावलजीलाई भर्खरै बजारमा आएको वशीर वद्रको आसको चर्चा गरेँ, उनले पढेका वा सुनेका रहेनछन् । यसै सिलसिलामा अचानक महेश प्रर्साईँले भने-' प्रकाशजीले नेपालका सारा साहित्यकारहरूलाई लात हान्नु भएको छ । आज उहाँले बोल्नै पर्छ ।....' सारा अतिथि छक्क परेका बेला म पनि समसन्तुलनमै आर्श्चर्यकित भए
" । ' किन -'उनले त्यसपछि भने 'उहा
"ले नेपालमा दिइने पुरस्कारलाई लात हानेर सारा पुरस्कारप्रेमीको लोभलाई ठेगान लाइदिएको छ ।'त्यसपछि मेरो बोल्ने पालो आयो । बोले
" -कवि-लेखकको वर्तमान अवस्था । उनलाई समाज र राष्ट्रले गरिने शीलता । लेखक हुनुको दयनी अवस्था/अपमानित अवस्था । लेखकका कुण्ठा । शायद ती सबै नै मेरा विषय बने । पछि कवि काइँला अभि सुवेदीलाई भन्दै हुनुहुन्थ्यो-' यहा
" त सायमीजीले मात्र बोल्न सक्नुहुन्छ । उहा" त भर्सटायल.. ।' त्यहा" बोलेलगत्तै मलाई अर्कै कार्यक्रममा हि"ड्नुथियो- कार्यक्रमको र्सार्थक पक्षलाई छाडेर । त्यही दिन मलाई मित्र अशु अशेष गिरीको सौजन्यमा सङ्गीतकार प्रवीण बराइलीको सङ्गीत र शैलेश सिंहको गायनमा प्रतिभागिता जनाउनु थियो । त्यो केही कारणले त्यत्तिकै महत्त्वपर्ूण्ा थियो ।२१ मार्च २००७
एक्काईस मार्च ओशो रजनीशले समाधि लिएको स्मरणीय दिन । र यही दिन अन्तर्रर्ााट्र कविता दिवस । र यही दिनको उपलक्ष्यमा यसपाली 'शुभारम्भ' नामको एलबमको रेकर्डिङ शुरु भयो ।
यो दिन मेरा लागि सदैव स्मरणीय मानिन्छ । बयालीस वर्षगि नेसं १०८५ मा शुक्ल पक्ष तृतीया परेको थियो र यसपालि पनि त्यही परेको थियो । फरक त्यति वेला शनिवार परेको र यसवर्षबुधवार पर्न गयो । तर पनि यस बयालीस वर्षमैले याद राखेका मार्च २१ मा यसपालिको यो दिन अझै अनौठो हुन गयो । यसदिन समसमार्फ् आएका शुभेच्छाहरू प्रशस्त आए, सञ्चारकर्मी एवम् गजलकार आरजू विष्ट, रेडियोकर्मी अमित रिजाल-पूणिर्मा गुरुङ, व्यवसायी राजेन्द्रमान श्रेष्ठ, समाचार वाचिका कोमल शेरचन, अभिनेता निर्देशक अशु गिरी, चलचित्र पत्रकार विदुर गिरी, मित्र दीपिका क्षेत्री, पत्रकार शिखर आरोहण, सङ्गीतकार राजु सिंह, गायक रामभक्त जोजिजू , गायिका इतु पाल, भावक सोफिया, समाजसेवी रञ्जन बुद्धाचार्य लगायत धेरैले शब्दाङ्कनमार्फ् आफ्ना शुभकामना दिए -त्यसमध्ये यादगार शुभकामना पठाए, त्यो यस्तो छ-
जन्मदिनमा श्रद्धापर्ूवक सम्झना । ह्याप्पी वर्थ डे । विचार, नया
" विचार, सुविचार र पुनर्विचारहरूको कामनासहित -९८०४११७११७, २०ः३६ः५४)यो सुसमाचार प्राप्त भएको केही क्षणमा रौटहटको दुःखद् घटना खबरवृत्तमा चर्चाको शिखरमा आइपुग्यो । र एककिसिमले निराशाको चरममा पुगेँ ।
बार बाहेक वाहेक धेरै कुरा मिलेको यो दिनले मलाई बयालीस सालपछि त्यस्तै रुवायो । त्यतिवेला शायद म ओर्जिनल सीन सम्झेर रोए हु
"ला आज - आज मेरो आँसुको गहिरो अर्थ छ ।त्यसैले यसपालि मेरा लागि मात्र हैन सारा नेपालीका निम्ति यो दिन अविस्मरणीय हुन गयो । बाबुराम भट्टर्राईलाई यो घटनाले दोरम्बाको याद दिलाएको पुनर्स्मृत गरे । कमरेड प्रचण्डले नेपालगञ्ज विमानस्थलमा मन दुखाएर सञ्चारकर्मीलाई भने-'रौटहटको घटनाले आज देशलाई हिलाएर राखिदिएको छ । '
यसरी हिलाएको पीडालाई हिलिङ गर्न समय-समयान्तर लाग्छ ।
अन्तर्रर्ााट्रय कविता दिवसको बाहना गरेर केही भारतीय कवि नेपाल आए । उता रौटहटमा पनि माओवादी र नेपाली जनतामाथि हमला गर्न मधेशी जनअधिकारको कार्यक्रममा भारतीय हतियारधारी नेपाल आए रे । तर पनि यसदिनलाई कलङ्कति बनाएर गए ती अपरिचित शस्त्रधारीहरूले ।
रौटहटको घटना छापामा पढेपछि/सुनेपछि पंक्तिकारलाई बारम्बार जार्ज त्राकलका कविताका भयावह रातको स्मरण भयो, भारतमा आतङ्कवादीद्वारा मारिएका कवि पाशको कविता याद आयो-
सबभन्दा खतरनाक त्यो चन्द्रमा हुन्छ
जो हरेक हत्याकाण्डपछि
निर्जन भएको आ
"गनमा चढ्दछतर तपाईंको आ
"खामा खर्ुसानीले जस्तो गढ्दैन ......
रौटहटको घटनाले राजदरवार हत्याकान्डमा नरोएका नेपाली जनतालाई रूवाएको छ । यो दुखद् घडी नेपालीको जीवनमा शोक दिवसमा बद्लिए दिएको छ ।
सर्न्दर्भ
: र्सार्क लेखकमार्च २१मै र्सार्क लेखकले आयोजना गरेको कविता दिवसमा आफूलाई वक्ताको रूपमा चुनिएपनि कार्यक्रममा नआओस् जस्तो गरेर द्वारिका श्रेष्ठले विहानमात्र फोन गरेको र आफूले स्पष्ट रूपमा अस्वीकार गरिदिएको कुरा कव्रि्रष्टा डा.वानिरा गिरिले 'शब्द शताब्दि नेपाल'को एक कार्यक्रममा सुनाए । 'शब्दातीत शान्तनु'का स्रष्टा गिरिले आफ्रनो एउटा कविताको कारण आफूलाई 'वीपी कोइराला भारत-नेपाल प्रतिष्ठान'बाट अपमानपर्ूवक घोक्रयाइएको र '.....त्यसरी नै र्सार्क लेखकको यो कार्यक्रमले पनि मलाई यसरी नै अपमान गर्न खोजेको छ । त्यसैले म त्यहाँ नगएर यहाँ आएको छु ।'
लेखक-कविलाई यस किसिमको अपमान नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले जस्तै यस र्सार्क लेखक संस्था -वा के हो यो ) यसले किन गर्दैछ । यसवारे डा गिरिको अभिव्यक्तिपछि धेरैले सोचे/सोधे । कतिलाई निम्तो नपुगेेको, निम्तोका लागि घुमाइरहेको वताए । यो कुन प्रकारको संस्था हो, त्यसको पनि चर्चा भो-शब्द शताब्दि नेपालको त्यो कार्यक्रममा ।
वानिराजी मात्र होइन त्यहाँ तर अरु धेरै लेखक कवि छुटे त्यहाँ हुनुपथ्र्यो । यस अगि अग्रज निबन्धकार नगेन्द्र शर्माले मलाई इमेल पत्रमार्फत् सोध्नुभो- यसको वेभ साइट दिइएको छ तर खुल्दैन । अनि यस संस्थाका संयोजक नवीन चित्रकार भनेका को हुन् ।
मैले खास जानकारी नभएको भएर उत्तर दिइँन ।
थाहा पाए अनुसार नवीन चित्रकार पञ्चायतकालमा पाको गल्लीमा फोटो पसले थिए । त्यही समय हरिहरभवनको कृषिसम्बन्धी कार्यालयमा जागिर खान्थे । मदनकृष्ण-हरिवंशका शुरु-शुरुका प्रहशन मैले नै निर्देशन गरेको हुँ भनेका कारण उनीबाट महको नजरमा नजरबन्द भएका थिए । त्यसपछि उनी रुपा राणालाई नीर शाहको जीएमकालमा टेलिभिजनमा सिरियल बनाउन थाले । छयालीस सालमा ब्ल्याक आउट गर्ने आइडिया मेरो हो भनेर उनको अन्तर्वार्त्तर्ााजारमा आएपछि उनलाई पत्रकार रमण घिमिरेले 'सिने जानिफकार' भनेर ताना कसेका थिए त्यो वेला । उनी नै हुन् मैले चिनेका नवीन चित्रकार ।
अब यी को हुन्, मैले नगेन्द्रदाइलाई भन्न सकिनँ । तर नगेन्द्रदाइलाई थाहा हुनर्ुपर्छ, 'शङ्कर लामिछाने निबन्ध कोश' बाट २०६० मा विश्व कविता दिवस आयोजना गर्दा 'मेरो कविता अगाडि राखिदिए पढ्छु नत्र म जान्छु' भन्न आएका एक कवि थिए ती पनि नवीन चित्रकार नै हुन् । शायद इ ती नै हुन् कि - तर जो भएपनि यसरी लेखक कवि भएर स्रष्टाकै अपमान गर्नु उचित होइन । कार्यक्रममा बोलाउनु छ भने निम्ता बा
"ड्ने संस्था धेरै छन्, कसैले पनि बा"डीदिन्छन् । तर बोलाएपछि दिल खोलेर बोलाउनु, यो आफ्ना विहा होइन भन्ने सम्भिmनु उचित होला ।