REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

साहित्य
लेखकहरू किन अपमानित भए ?
March 23 2007

प्रकाश सायमी

 

 

लोकन्थलीमा गजल

'विचार नै हो तिमो शत्रु हो' भने यूजी कृष्णमूर्तिले आफ्नो एक अन्तर्वार्त्ता । त्यही दुःख वा सन्ताप भोग्दैछन् नेपाली कवि-लेखक वा स्रष्टा । यी छलफल गर्न गत मार्च सत्रमा हामी भेला भयौँ गीतकार राजेन्द्र थापाको निवासमा । तीन चार, एक दुइका गरेर भव्य-भव्य गजल सुनाए उनले । हामी पालै-पालो गजलका साथमा कोही मधु, मद र मध्यम खालका पेय पदार्थ पिइरहका थियौँ उनको निवास लोकन्थलीमा ।

त्यो मधुरणीय क्षणमा हामी यसरी थियौँ त्यहाँ महिलाबाट उषा शेरचन, सुस्मिता नेपाल, विन्दू सुवेदी र एक सञ्चारकर्मी गजलका तर्फाट ज्ञानुवाकर पौडेल, ललिजन रावल, गोवर्द्धन पूजा, सरु कली र उनकी सहेली । बा"की वरिष्ठमा राजेन्द्र थापाले मानेका यादव खरेल, अभि सुवेदी, वैरागी काइँला, नगेन्द्रराज शर्मा, रोचक घिमिरे थिए भने कार्यक्रमका नेपथ्यकार महेश प्रर्साईं र उनका थप दुइ साथी । राजनीतिक वृत्तबाट चिनिने हाम्रा गजलकार विजय सुब्बा ।

कवि मञ्जुल, फोटोकवि कुमार आले र देवेन्द्र भट्टर्राई पहिल्यैदेखि जमेर बसेका भए पनि जयदेव भट्टर्राई र म पुग्दा माहौल गजलमय भइसकेको चैँ थिएन । यद्यपि महेश प्रसाइँले डा.अभि सुवेदीलाई बोल्न आग्रह गरेकै क्षण गीतकार थापाका नयाँ गजल सुन्ने आग्रह राखियो । र, त्यसपछि त्यो क्रम शुरु भयो ।

गजल चल्दै गर्दाका क्षणमा मैले ललिजन रावलजीलाई भर्खरै बजारमा आएको वशीर वद्रको आसको चर्चा गरेँ, उनले पढेका वा सुनेका रहेनछन् । यसै सिलसिलामा अचानक महेश प्रर्साईँले भने-' प्रकाशजीले नेपालका सारा साहित्यकारहरूलाई लात हान्नु भएको छ । आज उहाँले बोल्नै पर्छ ।....' सारा अतिथि छक्क परेका बेला म पनि समसन्तुलनमै आर्श्चर्यकित भए" । ' किन -'

उनले त्यसपछि भने 'उहा"ले नेपालमा दिइने पुरस्कारलाई लात हानेर सारा पुरस्कारप्रेमीको लोभलाई ठेगान लाइदिएको छ ।'

त्यसपछि मेरो बोल्ने पालो आयो । बोले" -

कवि-लेखकको वर्तमान अवस्था । उनलाई समाज र राष्ट्रले गरिने शीलता । लेखक हुनुको दयनी अवस्था/अपमानित अवस्था । लेखकका कुण्ठा । शायद ती सबै नै मेरा विषय बने । पछि कवि काइँला अभि सुवेदीलाई भन्दै हुनुहुन्थ्यो-' यहा" त सायमीजीले मात्र बोल्न सक्नुहुन्छ । उहा" त भर्सटायल.. ।' त्यहा" बोलेलगत्तै मलाई अर्कै कार्यक्रममा हि"ड्नुथियो- कार्यक्रमको र्सार्थक पक्षलाई छाडेर । त्यही दिन मलाई मित्र अशु अशेष गिरीको सौजन्यमा सङ्गीतकार प्रवीण बराइलीको सङ्गीत र शैलेश सिंहको गायनमा प्रतिभागिता जनाउनु थियो । त्यो केही कारणले त्यत्तिकै महत्त्वपर्ूण्ा थियो ।

२१ मार्च २००७

एक्काईस मार्च ओशो रजनीशले समाधि लिएको स्मरणीय दिन । र यही दिन अन्तर्रर्ााट्र कविता दिवस । र यही दिनको उपलक्ष्यमा यसपाली 'शुभारम्भ' नामको एलबमको रेकर्डिङ शुरु भयो ।

यो दिन मेरा लागि सदैव स्मरणीय मानिन्छ । बयालीस वर्षगि नेसं १०८५ मा शुक्ल पक्ष तृतीया परेको थियो र यसपालि पनि त्यही परेको थियो । फरक त्यति वेला शनिवार परेको र यसवर्षबुधवार पर्न गयो । तर पनि यस बयालीस वर्षमैले याद राखेका मार्च २१ मा यसपालिको यो दिन अझै अनौठो हुन गयो । यसदिन समसमार्फ् आएका शुभेच्छाहरू प्रशस्त आए, सञ्चारकर्मी एवम् गजलकार आरजू विष्ट, रेडियोकर्मी अमित रिजाल-पूणिर्मा गुरुङ, व्यवसायी राजेन्द्रमान श्रेष्ठ, समाचार वाचिका कोमल शेरचन, अभिनेता निर्देशक अशु गिरी, चलचित्र पत्रकार विदुर गिरी, मित्र दीपिका क्षेत्री, पत्रकार शिखर आरोहण, सङ्गीतकार राजु सिंह, गायक रामभक्त जोजिजू , गायिका इतु पाल, भावक सोफिया, समाजसेवी रञ्जन बुद्धाचार्य लगायत धेरैले शब्दाङ्कनमार्फ् आफ्ना शुभकामना दिए -त्यसमध्ये यादगार शुभकामना पठाए, त्यो यस्तो छ-

जन्मदिनमा श्रद्धापर्ूवक सम्झना । ह्याप्पी वर्थ डे । विचार, नया" विचार, सुविचार र पुनर्विचारहरूको कामनासहित -९८०४११७११७, २०ः३६ः५४)

यो सुसमाचार प्राप्त भएको केही क्षणमा रौटहटको दुःखद् घटना खबरवृत्तमा चर्चाको शिखरमा आइपुग्यो । र एककिसिमले निराशाको चरममा पुगेँ ।

बार बाहेक वाहेक धेरै कुरा मिलेको यो दिनले मलाई बयालीस सालपछि त्यस्तै रुवायो । त्यतिवेला शायद म ओर्जिनल सीन सम्झेर रोए हु"ला आज - आज मेरो आँसुको गहिरो अर्थ छ ।

त्यसैले यसपालि मेरा लागि मात्र हैन सारा नेपालीका निम्ति यो दिन अविस्मरणीय हुन गयो । बाबुराम भट्टर्राईलाई यो घटनाले दोरम्बाको याद दिलाएको पुनर्स्मृत गरे । कमरेड प्रचण्डले नेपालगञ्ज विमानस्थलमा मन दुखाएर सञ्चारकर्मीलाई भने-'रौटहटको घटनाले आज देशलाई हिलाएर राखिदिएको छ । '

यसरी हिलाएको पीडालाई हिलिङ गर्न समय-समयान्तर लाग्छ ।

अन्तर्रर्ााट्रय कविता दिवसको बाहना गरेर केही भारतीय कवि नेपाल आए । उता रौटहटमा पनि माओवादी र नेपाली जनतामाथि हमला गर्न मधेशी जनअधिकारको कार्यक्रममा भारतीय हतियारधारी नेपाल आए रे । तर पनि यसदिनलाई कलङ्कति बनाएर गए ती अपरिचित शस्त्रधारीहरूले ।

रौटहटको घटना छापामा पढेपछि/सुनेपछि पंक्तिकारलाई बारम्बार जार्ज त्राकलका कविताका भयावह रातको स्मरण भयो, भारतमा आतङ्कवादीद्वारा मारिएका कवि पाशको कविता याद आयो-

सबभन्दा खतरनाक त्यो चन्द्रमा हुन्छ

जो हरेक हत्याकाण्डपछि

निर्जन भएको आ"गनमा चढ्दछ

तर तपाईंको आ"खामा खर्ुसानीले जस्तो गढ्दैन ...

...

रौटहटको घटनाले राजदरवार हत्याकान्डमा नरोएका नेपाली जनतालाई रूवाएको छ । यो दुखद् घडी नेपालीको जीवनमा शोक दिवसमा बद्लिए दिएको छ ।

सर्न्दर्भ : र्सार्क लेखक

मार्च २१मै र्सार्क लेखकले आयोजना गरेको कविता दिवसमा आफूलाई वक्ताको रूपमा चुनिएपनि कार्यक्रममा नआओस् जस्तो गरेर द्वारिका श्रेष्ठले विहानमात्र फोन गरेको र आफूले स्पष्ट रूपमा अस्वीकार गरिदिएको कुरा कव्रि्रष्टा डा.वानिरा गिरिले 'शब्द शताब्दि नेपाल'को एक कार्यक्रममा सुनाए । 'शब्दातीत शान्तनु'का स्रष्टा गिरिले आफ्रनो एउटा कविताको कारण आफूलाई 'वीपी कोइराला भारत-नेपाल प्रतिष्ठान'बाट अपमानपर्ूवक घोक्रयाइएको र '.....त्यसरी नै र्सार्क लेखकको यो कार्यक्रमले पनि मलाई यसरी नै अपमान गर्न खोजेको छ । त्यसैले म त्यहाँ नगएर यहाँ आएको छु ।'

लेखक-कविलाई यस किसिमको अपमान नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले जस्तै यस र्सार्क लेखक संस्था -वा के हो यो ) यसले किन गर्दैछ । यसवारे डा गिरिको अभिव्यक्तिपछि धेरैले सोचे/सोधे । कतिलाई निम्तो नपुगेेको, निम्तोका लागि घुमाइरहेको वताए । यो कुन प्रकारको संस्था हो, त्यसको पनि चर्चा भो-शब्द शताब्दि नेपालको त्यो कार्यक्रममा ।

वानिराजी मात्र होइन त्यहाँ तर अरु धेरै लेखक कवि छुटे त्यहाँ हुनुपथ्र्यो । यस अगि अग्रज निबन्धकार नगेन्द्र शर्माले मलाई इमेल पत्रमार्फत् सोध्नुभो- यसको वेभ साइट दिइएको छ तर खुल्दैन । अनि यस संस्थाका संयोजक नवीन चित्रकार भनेका को हुन् ।

मैले खास जानकारी नभएको भएर उत्तर दिइँन ।

थाहा पाए अनुसार नवीन चित्रकार पञ्चायतकालमा पाको गल्लीमा फोटो पसले थिए । त्यही समय हरिहरभवनको कृषिसम्बन्धी कार्यालयमा जागिर खान्थे । मदनकृष्ण-हरिवंशका शुरु-शुरुका प्रहशन मैले नै निर्देशन गरेको हुँ भनेका कारण उनीबाट महको नजरमा नजरबन्द भएका थिए । त्यसपछि उनी रुपा राणालाई नीर शाहको जीएमकालमा टेलिभिजनमा सिरियल बनाउन थाले । छयालीस सालमा ब्ल्याक आउट गर्ने आइडिया मेरो हो भनेर उनको अन्तर्वार्त्तर्ााजारमा आएपछि उनलाई पत्रकार रमण घिमिरेले 'सिने जानिफकार' भनेर ताना कसेका थिए त्यो वेला । उनी नै हुन् मैले चिनेका नवीन चित्रकार ।

अब यी को हुन्, मैले नगेन्द्रदाइलाई भन्न सकिनँ । तर नगेन्द्रदाइलाई थाहा हुनर्ुपर्छ, 'शङ्कर लामिछाने निबन्ध कोश' बाट २०६० मा विश्व कविता दिवस आयोजना गर्दा 'मेरो कविता अगाडि राखिदिए पढ्छु नत्र म जान्छु' भन्न आएका एक कवि थिए ती पनि नवीन चित्रकार नै हुन् । शायद इ ती नै हुन् कि - तर जो भएपनि यसरी लेखक कवि भएर स्रष्टाकै अपमान गर्नु उचित होइन । कार्यक्रममा बोलाउनु छ भने निम्ता बा"ड्ने संस्था धेरै छन्, कसैले पनि बा"डीदिन्छन् । तर बोलाएपछि दिल खोलेर बोलाउनु, यो आफ्ना विहा होइन भन्ने सम्भिmनु उचित होला ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.