REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रेम र जीवन
लिंकनको बाटोमा प्रकाण्ड
April 06 2007

खड्गबहादुर विश्वकर्मा

मुलुकको प्रमुख प्रशासकीय इलाका सिंहदरबारको महिला मन्त्रालयमा पुरुष मन्त्री छन्, खड्गबहादुर विश्वकर्मा । दसवर्षो सशस्त्र युद्धताका भेरी-कर्ण्ाालीमा 'प्रकाण्ड' का रुपमा परिचित यी माओवादी नेतालाई त्यस्तो ओहदा सम्हाल्दा विशेष अनुभव भएको छैन । 'भावनात्मक हिसाबले महिला मन्त्रालयमा पुरुष मन्त्री असामान्य लाग्न सक्छ,' हंसमुख मन्त्रीको अनुभव बोल्छ, ''सही नीति र कार्यक्रम हुने हो भने जो मन्त्री बने पनि हुन्छ, फेरि यो बालबालिका एवं समाजकल्याण मन्त्रालय पनि हो ।' उहाँ विधिवत् पहिलोपटक मन्त्री बन्नुभएको हो । तर, संयुक्त क्रान्तिकारी जनपरिषद्का केन्द्रीय सदस्य एवं भेरी-कर्ण्ााली स्वायत्त गणतन्त्रका संयोजक रहँदा उहाँले जनसत्ताका थुप्रै अभ्यास गरिसक्नुभएको छ ।

त्यसो त प्रकाण्डमा मन्त्री बन्ने वस्तुवादी राजनीतिक आकांक्षा थिएन । यद्यपि संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्रको अन्तिम मोडमा आफूहरु पुगेको उहाँको विश्लेषण छ । 'एक्काईसौं शताब्दीमा नेपाल नयाँ अभ्यासमा छ,' नयाँ नेपाल निर्माणको पहिलो खुड्किलो संविधानसभा निर्वाचन गराउने सरकारका मन्त्रीको भनाइ छ, 'जनताको गएगुज्रेको जीवनमा सुधार गर्दै विश्व साम्यवादसम्म पुग्ने बाटोमा हामी विचलित छैनौं ।'

२०२५ जेठ २ गते शुक्रबार कालिकोटको मालकोट वडा नं. ४ मा सल्लाको रुख भन्ने ठाउँमा प्रकाण्डको जन्म भयो । यद्यपि सल्लाको रुख अहिले सही सलामत छैन । पहलबहादुर र बिहार्की विश्वकर्माका जेठा छोरा प्रकाण्डका दुवै भाइले माओवादी जनयुद्धमा सहादत प्राप्त गरेका छन् । माइला सिंहबहादुर -कोपिला) को २०५६ मा कालिकोटको मुम्रा कमान्डो फोर्ससितको भिडन्तमा मृत्यु भयो । ६ घण्टे लडाइँमा अर्सइसहित तीन प्रहरी मारिएको प्रकाण्डको स्मरण छ । त्यतिबेला कोपिला स्क्वायड कमान्डर हुनुहुन्थ्यो । त्यस्तै, कान्छा अमरबहादुर -योद्धा) को २०६१ को बेनी कारबाहीमा मृत्यु भएको हो । योद्धा भाइस ब्रि्रेड कमान्डर हुनुहुन्थ्यो । प्रकाण्डका परिवार नै पार्टर्ीीर्ूण्ाकालीन भएको छ । बहिनीद्वय गोरीकला -मनुषी) र जयपुरा -शर्मिला) पार्टर्ीी नै संगठित छन् । प्रकाण्ड परिवारमा दर्ुइ भाइको मृत्युले झन् अघि बढ्ने प्रेरणा मिल्यो । माहिला भाइबुहारी समेत घरेलु सुसेधन्दा छाडेर क्रान्तिमा समर्पित हुनुभयो । घरबारै छाडेर बुबाआमा पनि आन्दोलनमा लाग्नुभयो ।

प्रकाण्डको बाल्यकाल ग्रामीण परिवेशमा बित्यो । पाँच वर्षो उमेरमा उहाँले साँवा अक्षर छिचोल्नुभयो । त्यसो त उहाँका बाजेले समेत बुबालाई घरमै शिक्षक राखेर पढाउनुभएको थियो । पुख्र्यौली खेतीकिसानी, गाईबस्तुको सेवासुश्रुषा पनि गर्नुभयो उहाँले । परिवारको आर्थिक अवस्था त्यति नराम्रो थिएन । नन्दादेवी प्रावि माल्कोट र नन्दादेवी मावि कोटवाडाबाट उहाँले विद्यालय शिक्षा पूरा गर्नुभयो । उहाँले प्रवेशिका दिएको वर्ष२०४३ रहेछ । उहाँ द्वितीय श्रेणीमा उत्तर्ीण्ा हुनुभयो । समाजसेवा र राजनीति उहाँका बाल्यकालका रुचि थिए । विशेषगरी पाठ्यपुस्तकमा अब्राहम लिंकनको जीवनीमा घत लागेको थियो । सामान्य दाउरेका छोरा लिंकन पछि अमेरिकी राष्ट्रपतिसम्म हुन सफल भए ।

गाउँमा नै नम्र र भद्र परिचय बनाएका प्रकाण्ड मायालु पनि हुनुहुन्थ्यो । गाउँमा न्यायनिसाफका चाख्ने प्रकाण्डमा कम्युनिस्ट चेतना छँदै थियो । एसएलसीपछि चाहिँ औपचारिक रुपमा नेकपा -मशाल) मा संगठित हुनुभयो । उहाँलाई सदस्यता दिने जिल्ला सचिव -डीसीएस) डिल्लीप्रसाद आचार्य हुनुहुन्थ्यो । योङ कम्युनिस्ट लिग सदस्य भएको छोटै समयमा जिल्ला सचिव बन्न सफल प्रकाण्ड २०४६ को जनआन्दोलन छेक पञ्चायतविरुद्ध जनचेतना जगाउन तल्लीन हुुनुभयो । केही समय उहाँले शिक्षण पनि गर्नुभयो । एसएलसी दिने बखत नै दस कक्षाका विद्यार्थीका लागि निशुल्क अंग्रेजी र गणित पढाउने प्रकाण्डले सुर्खेत क्याम्पसबाट अंग्रेजी विषयमा आईएड गर्नुभयो ।

गाउँमा सामन्तको थिचोमिचो, अन्याय र अत्याचारविरुद्ध लड्न सुरु भयो । मुखिया, जिम्बालविरुद्ध कालिकोटमा ठूलो दलित किसान आन्दोलन भयो । प्रकाण्डको राजनीतिक जीवनको पृष्ठभूमि त्यही नै थियो । त्यो आन्दोलनले हलिया, डोलिया, रोपाउनेहरुमा चेतना बढ्यो । 'जनमुखी कार्यक्रमका कारण मेरो हत्या प्रयास समेत भयो,' उहाँ सम्झनुहुन्छ, 'कुट्ने, पिट्ने त सामान्य हो ।' जुझारु नेता प्रकाण्डलाई बन्दी बनाउने धेरै प्रयत्न भयो । तर, कोही पनि सफल भएनन् । वन काटिएका, मान्छे मारिएका, जग्गा लुटिएका धेरै अभियोग उहाँमाथि थिए ।

माओवादी सशस्त्र युद्ध सुरु भएपछि प्रकाण्ड स्क्वायड कमान्डर, कमिसार हुँदै सानाठूला मोर्चा सम्हाल्नुभयो । उहाँको नेतृत्वमा कृषि विकास बैंकको कोटवाडा कार्यालयमाथि आक्रमण भयो । त्यो सिंगो कर्ण्ाालीकै पहिलो कारबाही थियो । त्यसपछि कोटवाडा प्रहरी चौकीमा पनि आक्रमण भयो । विनायकमा २१ मिनेटमा नै सानदार विजय भयो । दाङ आक्रमण त सेनाको शेखी झार्ने म्याजिक नै बन्यो । त्यसमा पासाङ, अनन्त र प्रकाण्ड हुनुहुन्थ्यो । रुकुमकोट, नौमुले, मंगलसेन, जुम्ला आक्रमणमा पनि उहाँ सामेल हुनुहुँदो रहेछ । मृत्यु या मुक्तिको सपथ खाएका प्रकाण्डका निम्ति ती कुनै असामान्य या अस्वाभाविक घटना थिएनन् । 'युद्ध राजनीतिमा मानवीय संवेदनाले उति प्राथमिकता पाउँदैन,' उहाँको स्वीकारोक्ति छ, 'कतिपयको मृत्यु मेरो कारणबाट पनि भएको हुनसक्छ ।' उहाँ अछाम, बाजुरा, कालिकोटको जिल्ल्ाा सचिव हुँदै क्षेत्रीय ब्युरो सदस्य एवं क्षेत्रीय कमिटी सदस्य समेत हुनुभयो ।

बैंसालु उमेरमा सुकुमारी खोज्दै भौंतारिनुभएन प्रकाण्ड । जुवातास, केटी, रतेलीको पछि लाग्नेले गरिखाँदैन भन्ने आम मान्यता थियो । लेखपढमा नै अभ्यस्त प्रकाण्ड बेग्लै संस्कारमा हुर्किनुभयो । २०४४ मा उहाँको मागी प्लस प्रेम विवाह भयो । 'हामी विशुद्ध प्रेम मान्दैनौं,' उहाँको धारणा छ, 'सोच, विचार, शैली र व्यवहार मिल्न सित विवाह हुन्छ ।' तीन घण्टाको पैदल दूरीको गाउँकी नन्दा विश्वकर्मासित उहाँको विवाह भयो । विवाह भडकिलो खालको भएन । दाइजो पनि लिइएन । 'त्यो मागी विवाहमात्र होइन, पर्ूण्ा रुपमा प्रेमविवाह पनि थिएन,' उहाँ भन्नहुन्छ, 'तर, मैले पनि मन पराएको हुँ ।' प्रकाण्डको राजनीतिक जीवनमा नन्दाको सहयोग स्मरणीय छ । इमानदार एवं पारिवारिक समस्याको विवेकपर्ूण्ा समाधान उहाँबाट हुँदै आएको छ । प्रकाण्ड दम्पतीका तीन सन्तान छन् । युद्धकालीन अवस्थामा नै कैलालीको साथीकहाँ पढिरहेका जेठा छोरा नरेन्द्र अहिले एसएलसी दिँदैछन् भने छोरी इलियन र छोरा अजित जनवादी स्कुल कालिकोटमा पढिरहेका छन् । नन्दा कालिकोटमा एसीएम हुनुहुन्छ । प्रकाण्ड र नन्दाको बहुत गहिरो प्रेम छ । राम्रो छलफलपछि मात्र निर्ण्र्ाालिइन्छ । प्रेम र यौनका बारेमा प्रकाण्डले बोल्नै चाहनुभएन ।

मार्क्स, लेनिन, माओ र प्रचण्ड उहाँका प्रिय नेताहरु हुन् । विचार विज्ञानमा आधारित प्रचण्डपथ नेपाली प्रयोगशालामा सफल भएको र पछि विश्वकै मुक्ति अभियान बन्ने उहाँको जिकिर छ । भौतिकवादी नेताले भगवान्को आदर्श पछ्याउने कुरा भएन । दर्शन र राजनीति किताब अधययन उहाँको चाख छ । नेपाली सिनेमा उहाँले एकपटक हर्ेर्नुभएको रहेछ । तर, त्यसको नाम सम्झना छैन । त्यसैले कलाकार पनि कमै चिन्नहुन्छ । कालो पाइन्ट र सेतो र्सट लगाउन मन पराउने उहाँको प्रिय खाना दूध, दही, रोटी र तरकारी हो । भैसी पाल्ने परिवार भएकाले दहीदूधको छेलोखेलो हुन्थ्यो । मासु उहाँ कहिलेकाहीँ मात्र खानुहुँदो रहेछ । साथीभाइको संगतका कारण उहाँले चुरोटखैनीको स्वाद नलिनुभएको चाहिँ होइन । तर, ओठमुख सुक्न र टाउको दुख्न थालेपछि अम्मल बनाउनु भएन ।

प्रकाण्डको केही जग्गा छ, तर घर छैन । उहाँका सानाठूला दर्ुइ घर तत्कालीन शाही सेनाले खण्डहर पारिदियो । २०५८ मा प्रकाण्डसहित गाउँका ८५ घरमा आगो लगाइएको थियो । 'देश र जनताको घर बनाउने हाम्रो अभियान हो,' उहाँको भनाइ छ, 'देश बनाएपछि हाम्रो पनि घर बन्छ ।' मन्त्रीज्यूको दिनचर्या नियमित छैन । साढे १०, ११ मा ओछ्यानमा पुग्ने उहाँ बिहान ५ बजे उठिसक्नुहुन्छ । एफएम रेडियोमा समाचार सुन्ने लत चाहिँ छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.