REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रेम र जीवन
सुन्दरी, शीताष्मा र सुहागरात
April 16 2007

नेपाल सुन्दरी शीताष्मा चन्द

 

सौर्न्दर्य र बौद्धिकता दुवैले साथ दिएका पात्र कमै हुन्छन् । तर, दुवैको सम्मिलनबाट व्यक्तित्व देखाउने अवसर पाएकी छन् एक युवतीले । सडकदेखि संसदसम्म एकोहोरो चर्चा बटुल्न सफल ती सुन्दरी नयाँ परिचयका साथ युवा आकर्षाको केन्द्र बनेकी छन् । ती सुन्दरीको मनमा को बसेको छ - उनले खोजेको वर कस्तो छ - र, उनले प्रेम, सेक्स र सुहागरातलाई कसरी परिभाषित गरेकी छन् - नयाँ वर्षो आगमनसँगै उनले कति नयाँ प्रेमी पाउने हुन् - तिनै कौतूहलको एकमुष्ठ समाधान गर्न खोजिँदैछ यहाँ ।

विवाहअघिको सेक्स सोझै अस्वीकार गर्छिन् नयाँ नेपाल सुन्दरी । 'म पतिका निम्ति जस्तोसुकै परिस्थितिमा कुमारीत्व जोगाउन सक्छु,' २४ वर्षो शीताष्मा चन्दको अठोट छ- 'एकदम ।' अनुशासित यौन जीवनको पक्ष र खुला सेक्सको विपक्षमा छिन् सीताष्मा । समाज, घर र परिवारको मर्यादा राख्न नयाँ पुस्तालाई उनको सुझाव छ ।

सीताष्मालाई अहिलेसम्म कसैले सेक्स प्रस्ताव राखेको छैन । 'त्यस्तो प्रस्ताव राख्ने दुस्साहस कसैले गरेको छैन,' उनको भनाइ छ, 'मेरो बोल्डनेसका सामुन्ने कसैले त्यस्तो प्रस्ताव राख्न सक्दैन ।' नेपाल सुन्दरीको उपाधि जितेपछि नयाँ परिचय पाएकी शीताष्माको लगत्तै विश्व सुन्दरी हुने सपना छ । विश्व मञ्चमा सगरमाथा, गौतम बुद्ध, जानकीमार्फत सगौरब नेपाली संस्कृतिको चिनारी गराउने छिन् उनले ।

नेपाल सुन्दरी भएर दिवंगत पिताको मिठो सपना पूरा गरे जस्तो लागिरहेको छ उनलाई । 'नेपाल सुन्दरी म नै हुन्छु भन्नेमा विश्वस्त थिएँ,' उनले भनिन्, 'तर, ओभर कन्पिmडेन्ट थिएन ।' १९ सुन्दरीमध्ये निर्ण्ाायकको आँखा र दर्शकको मत दुवै शीताष्माको पोल्टामा पर्‍यो । 'मिस नेपालमा स्वच्छ प्रतिस्पर्धा हुन्छ,' उनको दाबी छ, 'विरोधलाई पनि म स्वागत गर्छु'

त्यसो त नेपाल सुन्दरी प्रतियोगिता सन् १९९४ देखि नै विवादास्पद बन्ने गरेको छ । शारीरिक सौर्न्दर्यलाई आन्तरिक सौर्न्दर्यले जित्ने र सुन्दरीलाई घर परिवारबाट अलग्गाएर बन्दी बनाइने गरेको आरोप त छँदैछ । शालीन र बौद्धिक शीताष्माले नेपाल सुन्दरी भएपछि अनावश्यक सपना देखेकी छैनन् । 'भोलि के हुन्छ, थाहा छैन,' उनी भन्छिन् ।

२०४० कात्तिक १४ गते ललितपुरको सेरोफेरोमा उनको जन्म भयो । स्व. गौतम चन्द र जानकी चन्दका तीन छोरीमध्ये कान्छी हुन् शीताष्मा । कान्छी छोरी भएकाले परिवारको लाडप्यार स्वाभाविकै हो । शीताष्मा सानै छँदा दर्ुइ दिदीको विवाह भयो । १० कक्षासम्मको शिक्षा उनले सेन्ट मेरिजमा लिइन् । विद्यालयकालीन उमेरमा खेलमा रुचि थियो उनको । बास्केटबल, दौडमा सहभागी पनि भइन् ।

सन् २००० मा प्रथम श्रेणीमा एसएलसी गरेपछि ११ र १२ कक्षा बैंगलोरमा पढेकी रहिछन् उनले । हालसालै सेन्ट जेभियर्स कलेजबाट उनले स्नातक गरेकी हुन् । 'बिजनेस अध्ययन गरेको छु,' भविष्यबारे उनले भनिन्, 'तर, व्यापारमा संलग्न हुने कि नहुने, सोचेकी छैन ।' कलेज जीवन सकिएपछि सीताष्मा एयर नेपाल इन्टरनेसनलमा ६ महिना एयर होस्टेज भएकी रहिछन् । दर्ुभाग्यबस एयर नेपाल बन्द भएपछि यामाहा म्युजिकमा फिल्ड एक्जुकेटिभको काम गरिन् उनले ।

शीताष्मा सुन्दरी थिइन् र हुन्, यसमा शंका छैन । तर, आम सुन्दरीहरुलाई जस्तो हिरोइन या मोडल बन्ने प्रस्ताव उनलाई कहिल्यै आएन । 'त्यतातिर सोच्दा पनि सोचिएन,' उनले भनिन् । नेपाल सुन्दरी बन्ने आंकाक्षा उनको मनमा छँदै थियो । सन् २००४ मा उनले इच्छा नदेखाएकी पनि होइनन् । तर, स्नातक नसिद्धिएकाले त्यतिबेला सामेल भइनन् ।

बल्ल यसपटक शीताष्मालाई त्यस्तो मौका जुर्‍यो । १८ प्रतियोगी युवती देखेर उनलाई कताकता डर पनि लागेको थियो । 'हारेको भए पनि मसित सम्हालिन सक्नेे क्षमता थियो,' उनले गौरबसाथ भनिन्, 'लगन, मिहिनेत, सिकेको कुरा कार्यान्वयन गर्न सक्ने क्षमता मसित छ ।' नेपाल सुन्दरी बन्न हौसला दिने मुमा, दिज्यू-भिनाजु, साथीभाइ सबैलाई उनले धन्यवाद दिएकी छन् ।

यस वर्षपनि मिस नेपालको चर्को विरोध भयो । उनले विरोधलाई अस्वाभाविक रुपमा लिएकी छैनन् । 'सबैको विचार एउटै हुँदैन,' उनले भनिन्, 'सबै आप\mना आप\mना विचार लिएर अघि बढेका हुन्छन् ।' सहभागी सबै १८ वर्षाथिका र घरपरिवारको सहमति लिएर सहभागी भएकाले के गलत, के सही भन्ने कसैले सिकाउन नपर्ने उनको भनाइ छ । 'मिस नेपालको विपक्षमा रहनेबाट पनि हामी सिक्न सक्छौं,' उनले भनिन्, 'तर, सबैका आआप\mना विचार हुन्छन् भन्ने बिर्सन हुँदैन ।' पहिलोपटक सरकारमा सामेल भएका माओवादी मन्त्री हिसिला यमीदेखि कृष्णबहादुर महरासम्म उनले चिनेकी छैनन् ।

नेपाल सुन्दरीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला या माओवादी अध्यक्ष प्रचण्डलाई भेट्ने कुनै कार्यक्रम बनाएकी छैनन् । उनका प्रिय नेता कोही छैन । खोइ, हेरौं, के मतलवजस्ता शैलीमा कुरा गर्न मनपराउने नेपाल सुन्दरी विश्वमा कुनै व्यक्तिबाट प्रभावित छिन् भने, ती उनकै मुमा हुन् ।

नेपाली चलचित्रका हिरोमा उनले मनपराउने राजेश हमाल रहेछन् । 'राजेशलाई अविवाहित भएर मन पराएको होइन, अभिनयको हिसाबले हो,' उनी भनिन्- 'म त उहाँकी बहिनीजस्ती हुँ ।' नायिकामा उनलाई निरुता सिंह मनपर्दो रहेछ । खानामा उनलाई दालभात तरकारी मनपर्छ । परिवारिक पार्टीी साडीमा सजिने उनी अरु बेला टिर्सट र मिडीमै सुहाउँछिन् ।

सानोमा घोडा चढेको अनुभव पनि छ शीताष्मासित । स्विमिङ खेल्ने उनी मन्दिर बरोबर गइरहन्छिन् । तर, गणेशमा विशेष अनुराग छ । साथी पार्टर्ीी वाइनको चुस्की लगाउँछिन् । 'तर, जँड्याहा नलेखिदिनुहोला,' उनले पंक्तिकारलाई सम्झाइन्, 'कहिलेकाहीँ परिवारसित मात्र पिउँछु ।' सिगरेट उनलाई मनपर्दैन । र्सार्वजनिक जीवन भएकाले उनलाई धनसम्पत्तिका बारेमा पनि सोधिएको थियो । तर, उनले त्यसलाई सहज रुपमा लिइनन् । 'मेरो सम्पत्तिका बारेमा के चासो - के छ, कस्तो छ भन्ने मात्र चासो हुनर्ुपर्छ, सम्पत्ति र बाबुआमाबारे के मतलव -' उनले भनिन्, 'ब्याङ्क ब्यालेन्स, सम्पत्तिबारे जवाफ दिन जरुरी छैन ।'

मिस नेपाल भएपछि उनको दिनचर्या नियमित छैन । नत्र राति १०, ११ बजे सुत्ने र बिहान ६,७ उठ्ने बानी छ । प्रायः साथीभाइ, पत्रकारसित भेटघाटमा नै समय बित्छ । एउटै कुरा दोहोर्‍याइरहनुपर्दा नेपाल सुन्दरीलाई दिक्क लागेको पनि हुन सक्छ ।

पतिको मायाको अनुभव उनीसित छैन । तर, बुबाआमा र दिदीभिनाजुबाट उनले प्रशस्त देेखेकी छिन् । परिवारमा विवाह हुन बाँकी उनकै हो । उनी ठीक लागेको समयमा विवाह गर्न स्वतन्त्र छिन् । 'मेरा सपना बुभ\mने, सम्मान र माया दुवै दिनसक्ने पति चाहिन्छ,' उनले भनिन्, 'दुःखसुखमा सम्हाल्ने, साथ दिने नै प्रेम हो ।' कल्कलाउँदो उमेरमा उनले प्रेमपत्र लेख्ने अभ्यास गरिनन् । उनका साथीभाइ छन्, प्रेमी छैनन् । 'पतिका उम्मेदवार कोही देखिएका छैनन्,' उनले भनिन्, 'ढुक्क हुनोस्, विवाहका लागि योग्य केटा रोजेकी छैन ।' किन त - 'अहिले विवाह गर्नु नै छैन, किन रोज्ने -' उनले थपिन् ।

यी नेपाल सुन्दरीको विवाह हुन दुइ-चार वर्षलाग्न सक्छ । 'राम्रो प्रस्ताव आयो भने त्यो भन्दा अगाडि पनि हुन सक्छ,' उनले कूटनीतिक शैलीमा जवाफ दिइन्, 'राम्रो प्रस्ताव आएन भने त्यो भन्दा पछि पनि नहुन सक्छ ।' प्रेमपछि विवाह या विवाहपछि प्रेम - यो प्रश्नमा पनि उनले भनिन्- जे पनि हुन सक्छ । तर, जुनसुकै विधाको भए पनि केटा स्वावलम्बी होस् । पत्रकार नि - पंक्तिकारले यो प्रश्नपछि उनले गम्भीर भएर भनिन्- 'तपाईंले भन्नुभयो, अव पत्रकारका बारेमा पनि सोचौंला ।' सुन्दरी शीताष्मा पुरुषमा सौर्न्दर्यभन्दा बौद्धिकता खोज्छिन् । अरु बढी के खोज्छिन् त सीताष्मा - 'एउटा केटीले केटामा के खोज्छ, त्यही ।'

प्रस्तुति : ऋषि धमला

Comments
Posted By: Deepak Poudel
Jun 08, 2008
hi Nepal Sundere G k6 hala kahaber
I laove u?
Posted By: bharat mani nyaupane freom puja 4 khalabang pyuthan nepal
Jul 17, 2008
hello sitasma congratulation for you
nepal buatifull girl you are very hancy girl and i like you sitasma
sitasma is not sexy model
because sitasma is very simple girl so that congratulation for you sitasma tapaiko sapana shakar hos world sundary make a saure you
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.