Logo

संस्कृतिमन्त्री गिरीको स्वास्थ्य सुधारोन्मुख



काठमाडौँ, १९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री दिलनाथ गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।

उहाँ निमोनियाले सङ्क्रमण हुँदै गएपछि चाबहिलस्थित ओम अस्पतालमा मङ्गलबारदेखि भर्ना भई उपचाररत हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता किरण गिरीका अनुसार उहाँ सामान्य खानपिन गर्न र आगन्तुकसँग सामान्य कुराकानी गर्न सक्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्